Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    ब्रह्माकुमारीद्वारा राष्ट्रव्यापी रक्तदान कार्यक्रम सञ्चालन, १ लाख पिन्टभन्दा बढी रगत संकलन गरी बिरामीहरूलाई उपलब्ध गराउने

    August 27, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ भदौ ११ गते बुधबार, काठमाडौं।

    ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले राजयोगिनी दादी प्रकाशमणिजीको १८ औँ पुण्य स्मृति र भातृत्व दिवसको अवसरमा नेपालसहित विश्वभर १ सय घण्टा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ। यसै सन्दर्भमा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, दधिकोटले पनि भव्य रक्तदान कार्यक्रम आयोजना गरेको छ, जसमा सयौँ रक्तदाताको सहभागिता रहेको छ।

    कार्यक्रमको पहिलो चरण गत शुक्रबार सूर्यविनायक नगरपालिका भक्तपुरको वडा नं ३, नयाँ बस्तिमा सम्पन्न भयो। ब्रह्माकुमारी रुजिलाको अध्यक्षतामा आयोजित यस कार्यक्रमको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले गर्नुभएको थियो। २ र ३ नं. वडाका वडा अध्यक्ष, टोल सुधार समितिका पदाधिकारी तथा नयाँ बस्तिका बासिन्दाको उपस्थितिमा १७ जनाले रक्तदान गरेका थिए।

    शनिबार दधिकोटमा रहेको रेन्बो सेकेन्डरी स्कूलमा बिहान ८ बजेदेखि र उपसेवा केन्द्रको आफ्नै भवन हर्षाचोकमा बिहान १० बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन भयो। दधिकोट ४ का वडा अध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा १३० जनाभन्दा बढी रक्तदाताले रक्तदान गरे।
    आज आइतबार गुण्डुमा पनि रक्तदान कार्यक्रम सम्पन्न गर्ने तयारी रहेको उपसेवा केन्द्रले जनाएको छ। यी तीनवटै स्थानमा गरी सयौँ रक्तदाताले रक्तदान गरिसकेका छन्।

    कार्यक्रममा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रकी प्रमुख सञ्चालिका ब्रह्माकुमारी रुजिलाले ब्रह्माकुमारी राजयोग ईश्वरीय विश्वविद्यालय एक अन्तर्राष्ट्रिय संस्थाका बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले ब्रह्माकुमारी राजयोगले मानव जातिमा पुर्‍याएको सेवा र सहयोगको प्रशंसा गर्दै प्रदेश सरकारले अब हरेक कार्यक्रममा यस संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    भक्तपुर दधिकोटवासीको व्यापक उपस्थिति रहेको यस कार्यक्रमलाई रेडक्रस लगायत विभिन्न संघसंस्थाहरूले पनि सहयोग गरेका थिए। ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले नेपालभरबाट १ लाख पिन्टभन्दा बढी रगत संकलन गरी बिरामीहरूलाई उपलब्ध गराउने लक्ष्य राखेको उपसेवा केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी रुजिलाले जानकारी दिनुभयो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना