२०८२ भाद्र ०१, आइतबार ।
अध्यागमन विभागले बैदेशीक रोजगार तथा अध्यामनमा हुन सक्ने विभिन्न प्रकारका अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलता नीति रहेको भन्दै विभागले अध्यागमन प्रणालीलाई व्यवस्थित गर्न ७ पक्षलाई आइतबार पत्रकार सम्मेलनमार्फत अनुरोध गरेको हो। वायु सेवा कम्पनीका लागि, ट्राभल्स, नागरिक तथा यात्रुहरूका लागि, स्थानीय तह र जिल्ला प्रशासनका लागि, सञ्चारमाध्यमहरूका लागि, कूटनीतिक नियोगहरूका लागि, र मेनपावरका लागि र सटही कारोबार गर्ने संस्थाहरूका लागि विभागले छुट्टाछुट्टै अनुरोध गरेको हो ।
विभागले अब अनुमान, शङ्का र यात्रुको भौतिक हैसियतको आधारमा कुनै नेपाली नागरिकलाई विभेदपूर्ण व्यवहार नगर्ने समेत स्पष्ट गरेको छ । वैध राहदानी, भिसा, टिकट, होटल बुकिङ्ग वा आफन्तसँग बस्ने प्रमाण लगायतका आवश्यक कागजात बोकेर आउने यात्रुलाई अनावश्यक रोकावट नहुने विभागको भनाइ छ ।
विभागको सार्वजानीक सूचना

व्यवस्थित वैदेशिक यात्राका लागि अध्यागमन विभागको पत्रकार सम्मेलन ।
1 Min Read

