२०८२ साउन ३०, शुक्रबार ।
एकीकृत समाजवादी उपमहासचिव एवम् प्रवक्ता प्रकाश ज्वालाका अनुसार आज शुक्रबार बसेको पार्टी सचिवालयको बैठकले गौतमलाई तेस्रो वरीयतासहित १२ जना नेता केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ।
डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाइएको छ। भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भण्डारी, रविन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी, मोहम्दशेर बागवान केन्द्रीय सदस्य बनेका छन्।
वामदेव गौतम एकीकृत समाजवादीमा तेस्रो वरीयता क्रममा ।
1 Min Read

