११ जनालाई प्रतिवादी बनाउनु पर्ने राय
२०८२ साउन २९, बिहिबार ।
ललितपुर महालक्ष्मी स्थानमा रहेको मितेरी सहकारी ठगी प्रकरणमा जोडेर अनुसन्धान भएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको संलग्नता नभेटिएको केन्द्रीय अनुन्सन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । करिब १४ करोड ठगी र ३ करोड ४४ लाख ठगीको बिगो मागदाबी गर्नुपर्ने जनाएको छ। उक्त सहकारी ठगी प्रकरणमा ११ जनालाई प्रतिवादी बनाउनु पर्ने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले बताए ।
धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङ, बर्दियाको बाँसगढी गाउँपालिका–७ घर भएका ४२ वर्षीय ज्योतिबहादुर भण्डारी, धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका सुवास खत्री, बाँसगढी–७ का सुरेश अधिकारी, प्रकाश थापा, हितमान थापासहित ११ जनालाई प्रतिवादी बनाउन सीआईबीले सिफारिस गरेको छ । जसमध्ये भण्डारी, खत्री र अधिकारीमात्रै पक्राउ परेका छन् ।
कांग्रेस उपसभापति धनराज सहकारी ठगी प्रकरणमा संलग्न नरहेको प्रतिवेदन ।
1 Min Read

