२०८२ साउन १४, बुधबार ।
आर्थिक वर्ष २०८२र०८३ का लागि बिनियोजन भएको बजेटको विषयलाई लिएर बागमती प्रदेशमा भएको द्धन्द्धले अन्तत मुख्यमन्त्री बहादुर सिं लामा संसदीय दलको नेताबाट हटन पुगे आज । आफ्नै जिल्ला दोलखा र मुख्यमन्त्रीको जिल्ला नुवाकोटमा धेरै बजेट लगेको, कार्यकर्ता रिझाउन टुक्रे योजनामा बजेट राखेको तथा गण्डकी प्रदेशअन्तर्गत पनि योजनामा बजेट दिएको भन्दै आलोचना भएको थियो। आज हेटौंडामा बुधबार भएको संसदीय दल नेता चुनावमा मुख्यमन्त्री बहादुर सिं लामा तामाङलाई ८ मतान्तरले हराउँदै बानियाँ दल नेता चुनिए ।
३७ जना सांसद रहेको कांग्रेस बागमती प्रदेशमा मुख्यमन्त्री लामाका पक्षमा १४ जनाले मत दिए भने बानियाँका पक्षमा २२ जना उभिए। स्वस्तिक छाप लगाउनुपर्नेमा नाम लेखेपछि एक मत बदर भयो। बदर मत आफूहरू पक्षकै सांसदको रहेको दाबी बानियाँ पक्षको छ। यसो हुँदा बानियाँका पक्षमा २३ जना सांसद पुग्छन्।
‘संसदीय दल नेता लोकतान्त्रिक प्रणालीबाट हामीले चुन्यौं, पहिले मैले जितेको थिएँ अहिले उहाँ (ईन्द्र बानियाँ) ले जित्नुभयो,’ मुख्यमन्त्री लामाले पत्रकारहरूसँग भने, ‘म ५ वर्षका लागि संसदीय दल निर्वाचित भएको थिएँ तर उहाँहरूले अहिले यस्तो खेल खेल्नुभयो, ममाथि मन्त्री र नेताहरूबाटै प्रपञ्च भयो र पराजित हुन पुगेँ।’
बागमतीमा सांसदहरू दुई कित्तामा बाँडिएपछि सभापति देउवाले प्रतिनिधि सभा सांसद राजन केसीलाई सहजीकरण गर्न हेटौंडा पठाएका थिए। उनले दुवै पक्षका सांसदहरूसँग भेटघाट गरेर संसदीय दल बैठक राखेर मत विभाजनसमेत गरेका थिए। मत विभाजन गर्दा लामाका पक्षमा १५ र बानियाँका पक्षमा २१ मत आएको थियो।
‘यो गठबन्धन सरकार हो, संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री हुन संसदीय दल नेता भइराख्नु जरूरी पनि छैन, त्यसैले मुख्यमन्त्रीबाट राजीनामा दिने कुरा नै आउँदैन,’ मुख्यमन्त्री लामाले भने।नुवाकोटका बहादुर सिं लामा तामाङ र मकवानपुरका ईन्द्रबहादुर बानियाँ दुवै निर्माण व्यवसायी पृष्ठभूमिका हुन्। उनीहरू दुवै सभापति देउवानिकट मानिन्छन्।साढे २ वर्षमा बानियाँले यो मत उल्टाएका छन् र आफ्नो पक्षमा पारेका छन्। यसपालि लामा १४ मतमै रोकिँदा बानियाँ २२ मतसहित संसदीय दल नेता चुनिएका हुन्। मुख्यमन्त्री लामालाई संसदीय दल नेतामा निरन्तरता दिनुपर्ने पक्षमा नेता शेखर कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सभापति देउवा पक्षका केही सांसदहरू थिए।

