Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    राष्ट्रपतिद्वारा संवैधानिक परिषद् विधेयक फिर्ता

    July 25, 20253 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ साउन ०९, शुक्रबार ।
    राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि संसद्मै फिर्ता गर्नुभएको छ । प्रमाणीकरणका लागि पेस भएको एक सातापछि राष्ट्रपति पौडेलले विभिन्न पाँच आधार र कारण खुलाएर विधेयक प्रतिनिधि सभामै फिर्ता गर्नुभएको हो । नेपालको संविधानको धारा ११३(३) ले अर्थबाहेकका अन्य विधेयक प्रमाणीकरणका लागि पेस हुँदा पुनर्विचार आवश्यक देखेमा १५ दिनभित्र उत्पत्ति भएको सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था छ । सदस्य रिक्त भएको अवस्थामा दुई जनाले समेत संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्ने गरी विधे यक पारित भएको थियो । पारित विधेयक लोकतान्त्रिक अभ्यासविपरीत भएको र वर्तमानको व्यावहारिक समस्यालाई हल गर्नेसमेत नभएको भन्दै फिर्ताका लागि केही राजनीतिज्ञले लबिङसमेत गरेका थिए । राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयक अब संसद्का दुवै सदनले संशोधन गरी वा प्रस्तुत रूपमै पारित गर्न सक्ने छन् ।

    संसद्ले विधेयक अहिले पठाएकै रूपमा संशोधन नगरी पारित गर्न सक्ने छ । यसरी पारित विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाइने छ । पेस विधेयक संशोधन भएर वा नभई जुन रूपमा पठाइए पनि राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने छ । विधेयक फिर्ताका व्रmममा राष्ट्रपतिले मुख्य पाँच विषयमा सन्देश लेख्नुभएको छ । पहिलो विषय संवैधानिक परिषद्को गठनसम्बन्धी व्यवस्था स्मरण गराइएको छ । साथै भण्डारीले विधेयक यथास्थितिमै प्रमाणीकरण हुनु संविधानको मर्मविपरीत हुने सन्देशमा उल्लेख गर्नुभएको छ । पारित विधेयक प्रथम दृष्टिमै संविधानको धारा २८४ प्रतिकूल रहेको तथा लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल देखिएको सन्देशमा उल्लेख छ । यस्तो अभ्यासले संवैधानिकतालाई सीमित र सङ्कुचित बनाउने आशङ्का राष्ट्रपतिले गर्नुभएको छ । राष्ट्रपतिको सन्देशमा भनिएको छ, “संवैधानिक परिषद्ले गर्ने निर्णयमा जोकोहीको चासो र सरोकार स्वभावैले रहने हुँदा यसप्रतिको जनविश्वास बलियो नै हुनु पर्छ । संविधानको धारा २८४(१) मा उल्लिखित संवैधानिक परिषद्को अध्यक्ष र अन्य सदस्यलाई स्थायी रूपमा नै राखेको देखिन्छ तर बहाल रहेका सदस्य पनि कुनै अमुक बेलामा बहाल रहँदैनन् वा अनुपस्थित हुन सक्छन् भनी कल्पनातीत अवस्थालाई लक्षित गरी कानुन बनाउँदा त्यसले गम्भीर र जटिल परिस्थितिको सिर्जना नगरोस् भन्नेतर्फ पनि मेरो ध्यान आकृष्ट भएको छ ।” संविधानले प्रत्याभूत गरेका सदस्य रिक्त रहन्छन् भन्ने परिकल्पनामा विधायिकाले कानुन बनाउनु उपयुक्त नहुने राष्ट्रपतिको तर्क छ । सन्देशमा राष्ट्रपतिले परिषद्को निर्णय सकेसम्म सर्वसम्मत हुनुपर्ने नभएमा कुल सङ्ख्याको बहुमतलाई मान्नुपर्ने सन्देशमा उल्लेख गर्नुभएको विधेयकमा समावेश निर्णय प्रव्रिmयाको सङ्ख्यामा पनि राष्ट्रपतिको असन्तुष्टि छ । सन्देशमा राष्ट्रपतिले अध्यक्ष र बहाल रहेका सदस्यको ५० प्रतिशत उपस्थित हुँदा कायम हुन सक्ने सदस्यले मात्र गरेको निर्णयलाई मान्यता दिँदा स्वतः अल्पमत बुझिने पनि उल्लेख गर्नुभएको छ । उहाँले संविधान र कानुनको व्यवस्थालाई अनादर गर्नु स्वेच्छाचारितालाई प्रश्रय दिनु भएको सन्देशमा उल्लेख गर्नुभएको छ । यसअघि पनि भएका थिए फिर्ता सङ्घीय संसद्को अवधिमा विधेयक फिर्ता भएको यो तेस्रो पटक हो । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक फिर्ता गर्नुभएको थियो । भण्डारीले नागरिकता र राहदानी
    विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाउनुभएको थियो ।

    जारी र प्रयोगको व्यवस्था प्रस्ट नभएको भन्दै तत्कालीन राष्ट्रपति भण्डारीले नै राष्ट्रिय सभा समिति सभापतिको आग्रहमा राहदानी विधेयक फिर्ता गर्नुभएको थियो । २०७६ जेठ ८ गते विधेयक फिर्ता भएको थियो । उक्त विधेयक पछि प्रमाणीकरण भएको थियो । यस्तै तत्कालीन राष्ट्रपति भण्डारीले नागरिक विधेयक पनि फिर्ता गर्नुभएको थियो । पुनर्विचारका लागि फिर्ता विधेयक २०७९ साउन १५ मा फिर्ता विधेयक हुबहु पुनः प्रमाणीकरणका लागि पठाइएपछि भण्डारीले विधेयक होल्ड गर्नुभएको थियो । भण्डारीले होल्ड गर्नुभएको विधेयक वर्तमान राष्ट्रपति निर्वाचित भएपछि प्रमाणीकरण भएको थियो । होल्ड विधेयक सरकारले पुनः राष्ट्रपति पौडेलसमक्ष पठाएपछि प्रमाणीकरण भएको थियो । २०८० जेठ १७ पौडेलले विधेयक प्रमाणीकरण गर्नुभएको थियो । परिषद्सम्बन्धी विधेयक २०८१ माघ २७ गते प्रतिनिधि सभाले पारित गरेको थियो । विधेयक २०८१ चैत ६ गते माथिल्लो सदनबाट पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएको थियो । राष्ट्रिय सभाको संशोधन असार २५ गतेको प्रतिनिधि सभाको बैठकले स्वीकार गरेको थियो । सभामुखले प्रमाणित गरी असार ३२ गते विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।  Source : गोरखापत्र राष्ट्रिय दैनिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना