Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार-२०८१’ पूर्वमन्त्री विश्वकर्मालाई

    July 17, 20253 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार-२०८१’ पूर्वमन्त्री विश्वकर्मालाई

    काठमाडौं,  ३२ असार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१’ बाट पूर्वमन्त्री प्राध्यापक मानबहादुर विश्वकर्मालाई पुरस्कृत गरेको छ । बुधबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्राध्यापक विश्वकर्मालाई पुरस्कार प्रदान गर्नुभयो ।

    दलित समुदायमा शैक्षिक एवम् राजनीतिक जागरण ल्याउनुका साथै अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेवापत प्राध्यापक विश्वकर्मालाई सरकारले एक लाख नगद र ताम्रापत्रसहित उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

    राणाशासनमा नै दलित जागरणको आन्दोलनमा होमिएका दलित मुक्ति आन्दोलनका संस्थापक नेता भगत सर्वजित विश्वकर्माको सम्मानमा सरकारले २०७२ सालमा उक्त पुरस्कार स्थापना गरी राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्र, दलित मुक्ति आन्दोलनको क्षेत्र, समाज सुधार अभियानको क्षेत्र, मानव अधिकारको क्षेत्र र सीप, कला, शिक्षा–साहित्य, संस्कृति, लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । सन् १९४८ मा अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएर विद्यालयस्तरसम्मको अध्ययन गाउँबाटै शुरु गरी भारतको राँची विश्वविद्यालयबाट एमएस्सी गर्नुभएका प्राध्यापक मानबहादुर विश्वकर्माले वि.सं.२०३४ सालदेखि प्राध्यापन शुरू गर्नुभएको थियो ।

    राष्ट्रिय शिक्षा पुरस्कार,२०४३ बाट समेत पुरस्कृत विश्वकर्मा वि.सं. २०३४–२०४७ सालसम्म अमृत साइन्स क्याम्पस प्राध्यापन गर्नुभएका विश्वकर्माले काठमाडौ भ्याली क्याम्पस (काठमाडौं विश्वविद्यालयको) संस्थापक भई वि.सं २०४२–२०४९ सम्म प्राध्यापन गर्नुभएको थियो । तत्पश्चात् सक्रिय राजनीतिमा प्रवेश गरी शिक्षा, राजनीति र सामाजिक रुपान्तरणमा उहाँ क्रियाशील रहँदै आउनुभएको छ ।

    नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघको संस्थापक सभापति भई तीन कार्यकाल केन्द्रीय अध्यक्ष हुनुभयो । उहाँ २०६२ सालदेखि लगातार चार कार्यकाल निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ । वि.सं. २०६३ सालमा क्याबिनेट स्तरको वातावरण, विज्ञान र प्रविधि राज्यमन्त्री, संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्य हुनुभयो । नेपाल परिवार नियोजन संघको केन्द्रीय महासचिवसमेत भइसक्नुभएका विश्वकर्माले लामो समयसम्म पार्टीको केन्द्रीय प्रशिक्षक भई करिब ७० जिल्लामा पुगेर प्रशिक्षितसमेत गर्नुभएको छ ।

    ‘भेक्टर एनालाइसिस् ः सर्टिफिकेट लेभल ः टियू, नेपाली कांग्रेस र दलित पुस्तकका लेखकसमेत रहनुभएका विश्वकर्माको पहलमा पार्टीभित्र सहमहान्त्री तथा केन्द्रीय सदस्यमा दलित आरक्षको व्यवस्था गर्नुका साथै दलित विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति, एमबीबीएस तथा इन्जिनियरिङ अध्ययनमा आरक्षण तथा निजामती सेवामा आरक्षण सिटको व्यवस्था गरिएको थियो ।

    प्राध्यापक विश्वकर्माको नेतृत्वमा दलित समुदायका लागि राज्य संरचनामा प्रतिनिधित्व सुनिश्चित गर्न महत्वपूर्ण नीतिगत सुधारहरू गरिएका थिए । दलित संघको सभापति साथै नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुदा दलितको लागि पार्टीबाटै नीति निर्माणमा दलितहरुको समावेशिता, सहभागिता, आरक्षण र दलित जागरणको लागी महत्वपूर्ण निर्णय गराउनु भयो । नेपाली कांग्रेसको पार्टीमा दलितलाई एक जना पनि केन्द्रीय सदस्यमा आरक्षण थिएन । तर, मान बहादुर विश्वकर्मा खुल्ला केन्द्रीय सदस्य निर्वाचित भएपश्चात् उहाँकै पहलमा अहिले ९ जना केन्द्रीय सदस्य, एक जना सहमहामन्त्री साथै पार्टीको हरेक निकायमा आरक्षण कोटामा सहभागिता रहेका छन ।

    शिक्षा क्षेत्रमा उनले दलित विद्यार्थीहरूका लागि एमबीबीएस, इन्जिनियरिङलगायत उच्च शिक्षामा छात्रवृत्ति र आरक्षण प्रणाली सुनिश्चित गरेका कारण वि.सं. २०५८ सम्म देशभर दलित समुदायबाट जम्मा दुई जना एमबीबीएस डाक्टर रहेका अवस्थामा हाल उक्त संख्या १५० भन्दा बढी पुगेको छ । त्यस्तै उहाँकै पहलमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिर मेमोरियल कलेज र अन्य संस्थाहरूमा दलित विद्यार्थीका लागि आरक्षित सिट व्यवस्था गरिएको हो । प्राध्यापक विश्वकर्मा मन्त्री हुँदा निजामती सेवामा ९ प्रतिशत आरक्षणको नीति लागू गराएकै कारण हाल सयौं दलित कर्मचारीहरू प्रशासनिक सेवामा कार्यरत छन्, जसमा सहसचिव तहसम्मको पद पनि समावेश छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना