२०८२ असार १० ।
अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्तामा इजरायल र इरान विचको युद्ध १२ दिन पछि रोक्ने सहमती भएको इरानी सरकारी टेलिभिजनले घोषणा गरेको छ । उक्त टेलिभिजनबाट सार्वजनिक गरिएको वक्तव्यमा कतारस्थित अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि डोनाल्ड ट्रम्पले युद्धविरामका लागि बिन्ती गरेको उल्लेख गरिएको छ । अमेरिकी सैन्य बेसमाथिको कारबाही सफल भएको उल्लेख गर्दै इरानले ट्रम्पले बिन्ती गरेपछि युद्धविरामका लागि तयार भएको बताएको छ ।अमेरिकी आक्रमणपछि इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सले जवाफी हमला गरेको थियो । यसपछि इरानले युद्धविराम गरेको समाचार आएका थिए तर उसले अस्वीकार गरेको थियो ।
इजरायल र इरान १२ दिन पछि युद्धविराम गर्न सहमत ।
1 Min Read

