२०८२ जेठ १४ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल भएको छ। बुधबार बिहान प्रधानमन्त्रीले कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग कुराकानी गरेका हुन्।
प्रतिपक्षीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको नियमित प्रक्रिया बढन नदिने चेतावनी दिएका छन्। जसका कारण मंगलबारको प्रतिनिधि सभा बैठक अवरोध भएको थियो। प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ। उक्त बैठकअघि प्रधानमन्त्रीले कांग्रेस सभापति र गृहमन्त्रीसँग कुराकानी गरेका हुन्।
बालुवाटरमा प्रधानमन्त्री ओली, सभापति देउवा र गृहमन्त्री लेखकबीच त्रिपक्षीय छलफल हुदै ।
1 Min Read

