२०८२ जेठ ०७
आज नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५० र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरे । उक्त क्रममा उनले राष्ट्र बैंकले नियमन गरी सुपरीवेक्षण क्षमता बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । त्यस्तै उपयुक्त कर्जा नीति ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । सबैसँग छलफल र परामर्श गरेर मात्रै मौद्रिक नीति ल्याइने उनले बताए ।
पदभार समालेपछि गभर्नरको पहिलो निर्णय ५० र १ हजारको नयाँ नोट छाप्ने ।
1 Min Read

