२०८२ बैशाख ०७ ।
नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपक कुमार बस्नेत छन् । ओमबहादुर राना, जयराज सापकोटा, सञ्जिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ पनि बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । आजै गृह मन्त्रालयले डीआईजी सिद्धिविक्रम शाह लाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ।

