२०८२ जेठ ०५, सोमबार ।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले हिजो आइतबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। प्रदेश राजधानी धनगढीस्थित मन्त्रालयमा आयोजित एक समारोहका बीच मन्त्री चौधरीले आफ्नो कार्यभार सम्हालेका हुन्। पदभार ग्रहण समारोहमा प्रदेश सरकारका अन्य मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, कर्मचारीहरू तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। पदभार ग्रहण गर्दै मन्त्री चौधरीले सुदूरपश्चिम प्रदेशको पर्यटन, उद्योग, वन तथा वातावरण क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले सुदूरपश्चिमको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने खालका परियोजनाहरू अघि बढाइने जानकारी दिए। “यस क्षेत्रको समृद्धिका लागि हामी सबैको सहयोग अपरिहार्य छ,” मन्त्री चौधरीले भने। नागरिक उन्मुक्ति पार्टी संसदीय दलको सिफारिसमा आइतबार दिउँसो मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।
सुदूरपश्चिमका नयाँ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले सम्हाले पदभार ।
1 Min Read

