२०८२ बैशाख २७ ।
नेपाल शिक्षक महासंघले २९ दिने शैक्षिक हड्तालको क्षति हिउँदे वा बर्खे बिदामा पूर्ति गर्न अनुरोध गरेको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शिक्षक विद्यालयहरुलाई यस्तो अनुरोध गरेको हो । महासंघले विद्यालय शिक्षा ऐनको माग गर्दै माघ २० गतेबाट ८९ दिन लामो शिक्षक ..कर्मचारी आन्दोलन गरेको थियो । २९ दिन काठमाडौँ केन्द्रित शान्तिपूर्ण शैक्षिक सडक आन्दोलन गरेको थियो। आन्दोलनका क्रममा आयोजना भएको आम शैक्षिक हडतालका कारण विद्यालयको भर्ना र पठनपाठन अबरुद्ध भएकाले विद्यार्थीमा पर्न गएको शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखी आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे विदामा सो क्षतिको आपूरण गर्न सबै प्रधानाध्यापक तथा शिक्षक..कर्मचारीलाई महासंघले अनुरोध गरेको छ ।


