२०८२ वैशाख २४ काठमाडौं ।
नक्सालस्थित नेपाल बाल मन्दिर जग्गा भाडा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बुधबार तत्कालीन अध्यक्ष सिंहसहित १७ जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौंका शाखा अधिकृत हेमन्त भट्टराईले जानकारी दिए।
मुद्धा दायर भएकाको नामवली ः
१. रिता सिंह २. तुलसीनारायण श्रेष्ठ ३. श्यामकुमार आले ४. गणेशभक्त श्रेष्ठ
५. कृष्णशंकर शाह ६. सुवासकुमार पोखरेल ७. प्रचण्डराज प्रधान ८. रामकाजी गुरूङ ९. मुरारी निधि तिवारी १०. प्रविणराज जोशी ११. दीपकदाश श्रेष्ठ १२. योगेन्द्रबहादुर शाही १३. पुरूषोत्तमराज जोशी १४. श्रद्धा सेढाईं १५. कीर्तिप्रसाद पाण्डेय १६. सिद्धार्थ केडिया १७.अभिनव सिंधानिया


