प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल ।
२०८२ वैशाख २३ ।
सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए। उनीहरूबीच समसमायिक राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले बताएको छ। आइतबार मात्रै प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुसँग भेटवार्ता गरेका थिए। उनीहरूबीच संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल भएको थियो।

