सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति गरी सो सहमति बोकेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् । ‘९ वटा बुँदामा सहमति भएको छ । मन्त्रीज्यू क्याबिनेट जानु भएको छ । क्याबिनेटबाट पारित भएर आउँदा बुँदामा थपघट हुनसक्छ,’ वार्तामा सहभागी एक सदस्यले भने । मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सो बैठकपछि सहमतिका बुँदा सार्वजनिक हुँदैछ ।
शिक्षकहरूसँग भएका ९ बुँदे सहमति —
१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमास काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।
२. अस्थायी प्रकृतिका शिक्षकस राहत, अस्थायी ९करार० साविक उमावि, सिकाई अनुदान, प्राविधिकधार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने।
३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने।
४. आगामी आर्थिक वर्ष २०८२०८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सेवा ग्रेड संख्या र रकम कायम गर्ने।
५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा ९राहत, अस्थायी, करार, साविक उमावि, प्राविधिक० सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने।
६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षण तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने।
७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने।
८. नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।
९. निम्न माध्यमिक तह प्राथमिक श्रेणीको प्राथमिक श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने।
सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति ।
2 Mins Read


