१५ वैशाख, काठमाडौं ।
शिक्षक महासंघको आयोजनामा गत चैत २० देखि शिक्षा ऐन जारी गर्नुपर्ने भनेर निरन्तर आन्दोलनमा छन् । हिजो सोमबार भएको सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मिकिशोर सुवेदी सहितको टोली बिचको वार्ता सहमति नजिक पुगेको छ । सहमतिलाई अन्तिम रुप दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र महासंघबीच वार्ता भइरहेको छ ।
शिक्षामन्त्री रघुजी पन्त पनि वार्ताको माध्यमबाट समाधान खोज्न लागिपरेका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले पनि शिक्षकसँग वार्ता गर्न मन्त्री पन्तलाई नै जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पनि आज वा भोलिसम्म सहमति हुने बताएका छन् ।
सरकारसँग वार्तामा बस्नुअघि महासंघको पनि बैठक बसेको थियो । सरकरले गर्ने निर्णय गरेमा र ऐन जारी गर्ने सुनिश्चितता गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न महासंघ तयार भएको छ ।
सरकार र शिक्षक महासंघ बिचको वार्ता सहमति नजिक ।
1 Min Read

