२०८२ वैशाख ०८, काठमाडौं ।
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै उनका तर्फबाट श्रीमती निकिता पौडेलले आइतबार दर्ता गराएको निवेदनको सुनुवाइ आज हुँदैछ । उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ । यसअघि रविले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाइसकेको छ ।
रवि लामिछानेले दिएको बन्दी प्रत्यक्षीकरण निवेदनको पेसी आज ।
1 Min Read

