चैत्र २२, २०८१ ।
आज शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिइएको छ।
यसअघि माघ १३ गते लामिछानेलाई एक करोड धरौटीमा छाड्न रूपन्देही अदालतको आदेश दिएको थियो। त्यसपछि फागुन १६ गते लामिछानेले जिल्ला अदालत रूपन्देहीको आदेश बदर गरी पाऊँ भन्दै उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन दिएका थिए। बुटवलको सुप्रिम सहकारीले बचतकर्ताको १ अर्ब बढी रकम ठगेको भन्दै प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा निवेदन परेको थियो।
रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश ।
1 Min Read

