२० चैत, काठमाडौं।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको अन्तिम दाह संस्कार गरिएको छ । बुधबार काठमाडौंको शोभाभगवतीमा पत्रकार सुरेश रजकको अन्तिम दाहसंस्कार गरिएको हो । उनको पार्थिव शरीरमा ठूलो दाजु रमेश रजकले दागबत्ती दिएका थिए ।
प्रदर्शनमा ज्यान गुमाएका कीर्तिपुरका २९ वर्षिय सविन महर्जन र पत्रकार सुरेश रजको परिवारलाई १०। १० लाख दिने गृहमन्त्रीस्तरीय बैठकले निर्णय गरेको छ ।

