१४ चैत्र २०८१ ।
हितेन्द्रदेव शाक्यले आफुलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएकोमा विरोधमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले २०७८ भदौ ८ मा मिसिल झिकाउने आदेश दिएको थियो। २०७८ असोज ५ मा सुनुवाइ हुँदा अन्तरिम आदेश जारी गर्नु परेन भनि आदेश भएको थियो।
त्यसपछि उक्त मुद्धा पटक–पटक पेसीको सूचीमा चढेको थियो। उक्त रिट अझै पनि विचाराधीन छ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति भएका हितेन्द्रदेव शाक्यको रिट निवेदन सर्वोच्चमा दर्ता भएको छ। बिहीबार उनले दिएको रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
उनका अनुसार रिटको पेसी शुक्रबारका लागि तोकिएको छ। उनले आफू कार्यकारी निर्देशक पदमा नियुक्त भएकाले चार वर्षको पारिश्रमिक तथा सुविधा उपलब्ध गर्नुपर्ने माग गरेका हुन्।
हितेन्द्रदेव शाक्यको रिट निवेदन सर्वोच्चमा दर्ता ।
1 Min Read

