११ फागुन २०८१ काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरा केबुलकारको विषयलाई लिएर संसदमा आकस्मिक समयमा बोल्दै सरकारको ध्यानाकर्षण गरेका छन् । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण ब्यापारिक स्वार्थका लागि भएको र सो कार्यका लागि मुकुम्लुङमा भाइ–भाइ जुधाउने काम बन्द गराउन सरकारलाई आग्रह गरेका छन ।
यो विषयमा राजनीतिक दलहरू, नागरिक समाज र मानव अधिकार आयोगको समेत ध्यान पुग्न नसकेको उनले बताए । ‘आज पूर्व पाथीभरा क्षेत्र अशान्त भइराखेको छ । एक प्रकारले भन्ने हो भने रणमैदानमा परिणत भइराखेको छ’ उनले भने । ‘प्रधानमन्त्रीले, गृहमन्त्रीले त्यो भिडियो हेर्नुभएको छ कि छैन, समाचार सुन्नुभएको छ कि छैन’ उनले प्रश्न गरे, ‘राजनीतिक दलहरूले पनि त्यो विषयलाई किन अन्देखा गरेको, मानव अधिकार आयोग र नागरिक समाज किन अन्देखा गरेर बसिराखेको छ’ .
व्यापारिक स्वार्थका लागि मुकुम्लुङमा भाइ भाइ जुधाउने काम बन्द गरौ ।
1 Min Read

