गृह मन्त्रालयले बढायो हाइप्रोफाइल व्यक्तिहरूका निवास वरपर सुरक्षा निगरानी
२०८२ मंसिर १८, बिहिबार ।
आफूलाई उग्रवादी संगठनको अध्यक्ष बताउने युवकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर धम्की दिएका छन । अख्तियार प्रमुखसहित १० जनालाई धम्की दिँदै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरिएको छ। यस पछि काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले १० जना हाइप्रोफाइल व्यक्तिहरूका निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार ती १० जनाको निवासस्थान, भ्रमण मार्ग र कार्यक्रमस्थलमा निगरानी बढाउन सर्कुलर गरेको हो । ती युवकले लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाँण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका हुन् । युवकले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा पूर्वआईजीपीहरू तथा अख्तियार प्रमुखलाई ‘सफाया’ गरिने उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका प्रहरी युनिटहरूलाई सर्कुलर गर्दै धम्की दिएका व्यक्तिहरू सहभागी हुने कार्यक्रमस्थलमा पनि निगरानी गर्न र सूचना संकलन गर्न भनेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले गरेको सर्कुलरमा भनिएको छ, ‘कथित उग्रवादी समूहहरूको गतिविधिबारे खबर संकलन गरेर सम्बन्धित प्रहरी कार्यालयको क्षेत्रमा बस्ने अन्य विशिष्ट व्यक्तिहरूको समेत प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनू ।’ ती युवकले आफू भारतमा रहेकोले नेपाल प्रहरीले पक्राउ गर्न सम्भव छैन भनेका छन।’
गृह मन्त्रालयले बढायो हाइप्रोफाइल व्यक्तिहरूका निवास वरपर सुरक्षा निगरानी
1 Min Read

