मधेश प्रदेशमा एक जनाले सपथ खादा २ जना पदमुक्त ।
२०८२ मंसिर १७, बुधबार ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गत कार्तिक २४ गते होटलमा सपथ खाएपछि उत्पन्न विवादको कारणले गर्दा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद गुमाइसेकी छन भने पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छाको पनि लगभग सांसद पद जाने पक्का भैसकेको छ। बिच्छा कात्तिक २४ मा सरोजकुमार यादव नेतृत्वको सरकारमा वनमन्त्री बनेकी थिइन् । पार्टीले उनलाई फिर्ता हुन् भने पनि अटेर गरेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । जवाफ समेत नफर्काएपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी सांसदबाट फिर्ता बोलाउन सिफरिस गरेको थियो । यो सँगै उनको मन्त्री र सांसदको पद पनि जाने छ ।
लौ हेर्नुस मधेश प्रदेशमा एक जनाले सपथ खादा २ जना पदमुक्त ।
1 Min Read

