सर्बोच्च अदालतको परमादेश पछि आज मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै ।
२०८२ मंसिर १७, बुधबार ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सात दलको गठबन्धनबाट गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने स्थिति बनेपछि कात्तिक २२ गते प्रदेश सभाबाट राजीनामा घोषणा गरेका थिए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २४ गते यादवलाई बर्दिवासको एक होटलमा बिहानै कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । यादवले बिहान ८ः ३० बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार ३ बजे प्राप्त भएकाले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी दिएका थिए । परमादेशको प्रति प्राप्त भएपछि आफूले विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेशसभामा पत्र पठाएको उनको भनाइ थियो । सर्वोच्च अदालतले गरेको आदेशको पूर्ण पालना गर्न तयार रहेको उनको भनाइ छ ।
सर्बोच्च अदालतको परमादेश पछि आज मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै ।
1 Min Read

