प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोग र जेनजी आन्दोलनमा सहादत प्राप्त परिबारसँग छलफल ।
२०८२ मंसिर १४ गते मंगलबार
चिकित्सा शिक्षा आयोगको बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको छ। बैठकमा शैक्षिक सत्र सन् २०२५/२६ स्नातकोत्तर तह तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटी सिट निर्धारण सम्बन्धी एजेन्डामा छलफल भएको छ। बैठकमा शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा सुधा गौतम लगायतको उपस्थिति थियो। उक्त बैठकले मेडिकल शिक्षाकालागी कोटा निर्धारण भएको छ । शिक्षा मन्त्रीले प्रयाप्त सिट संख्या तोकिएको छ भन्नुभएकोे छ । यस्तै त्यस पछि तुरुन्तै बसेको अर्को बैठक प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल गर्नुभएको छ।
सहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा भएको छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भनेर जिज्ञासा राखेको थियो। भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि

राखेको थियो। यस्तै यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने, अन्यथा पुनः आन्दोलनमा जान सक्ने चेतावनी पनि सहिद परिवारले दिएका छन्। छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको पनि उपस्थिति थियो। प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहेको बताउनुभयो।


