Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागी अत्यावश्यक सवारी साधन खरिद गरिँदै ।

    November 24, 20253 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागी अत्यावश्यक सवारी साधन खरिद गरिँदै ।
    २०८२ मङ्सिर ०८, सोमबार
    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले तीन वटै सुरक्षा निकायका लागि अत्यावश्यक सवारीसाधन तथा सुरक्षा सामग्री खरिदका लागि प्रव्रिmया अघि बढाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका लागि आवश्यक सवारीसाधनको खरिद प्रक्रिया अघि बढाउन तदारुकता देखाउनुभएको छ । गृह मन्त्रालयको कार्ययोजना अनुसार गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि पूर्ण रूपले आगजनीमा परेर ध्वस्त भएका अत्यावश्यक सवारीसाधनको खरिद प्रक्रिया अर्थ मन्त्रालयले अन्तिम चरणमा पु¥याएको छ । चुनावको वातावरण निर्माण गर्नका लागि पनि तिनै सुरक्षा निकायका लागि अत्यावश्यक सवारीसाधन खरिद
    हुन जरुरी भएकाले चुनावअगाडि नै ती सवारीसाधन खरिद भइसक्ने पनि गृह मन्त्रालयले जनाएको छ ।                                                       गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयबाट नेपाल प्रहरीलाई नियमित बजेटबाट १५६ वटा सवारीसाधनका लागि ३५ करोड ११ लाख रुपियाँ र थप १०६ वटा सवारीसाधन खरिदका लागि ४५ करोड ३० लाख रुपियाँ निकासा हुने क्रममा छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार नियमित बजेटमार्फत खरिद गरिने सवारीसाधन निर्वाचन सुरक्षार्थ पर्याप्त नहुने अवस्था भएपछि थप रकम सुनिश्चित गरी खरिद प्रक्रिया अघि बढाउन लागिएको हो । यसै आर्थिक वर्षमा नेपाल प्रहरीका लागि ८० करोड ४१ लाख रुपियाँ मूल्यका विभिन्न सवारीसाधन खरिद गर्ने तयारी छ । यी सवारीसाधन खरिदका लागि गृहले अर्थ मन्त्रालयबाट असोज २४ गते नै खरिद अनुमति पाई आवश्यक प्रक्रिया पुगिसकेको छ । प्रहरीले खरिद गर्न लागेका १५६ सवारीसाधनमा ७५ वटा पिकअप भ्यान हुने छन् । यी सवारीसाधन नियमित गस्तीका लागि प्रयोग गरिने भएको छ । त्यसै गरी थुनुवा ओसारपसार गर्ने सवारीसाधन एक थान, २८ वटा कार्यालय प्रयोजन र ४१ वटा सुरक्षा प्रयोजनका लागि खरिद गर्न लागिएको छ । त्यसै गरी केही विद्युतीय सवारी र १० वटा एस्कर्ट पिकअप भ्यान खरिद गर्ने प्रक्रिया अघि बढाइएको छ । अर्थ मन्त्रालयले विपत् उद्धारका लागि तीन वटा र अन्य सुरक्षा प्रयोजनका लागि ५० वटा बोलेरो पिकअप भ्यान खरिदका लागि समेत स्रोत उपलब्ध गराउने भएको छ । तीन वटा दङ्गा नियन्त्रण ट्रक र दुई थान एम्बुलेन्स रहेको मन्त्रालयले जनाएको छ ।

    यी सवारी खरिदका लागि नियमित बजेटमार्फत २१ करोड छ लाख रुपियाँ खर्च गरिने छ । सशस्त्र प्रहरीका लागि आवश्यक ५० वटा सवारीसाधन खरिदका लागि थप पाँच करोड छ लाख र राष्ट्रिय अनुसन्धान विभागका लागि कुल छ वटा चारपाङ्ग्रे सवारी खरिदका लागि दुई करोड ८० लाख रुपियाँ उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ । ४४९ वटा प्रहरी कार्यालय सञ्चालनमा गृह मन्त्रालयको तथ्याङ्क अनुसार जेनजी प्रदर्शनमा मुलुकभर नेपाल प्रहरी अन्तर्गतका ४६५ वटा कार्यालयमा क्षति पुगेको पाइएको छ । सोही प्रदर्शनका व्रmममा ५७१ वटा विभिन्न सवारीसाधन आगजनी तथा तोडफोडबाट ध्वस्त पारिएको थियो । मन्त्रालयका अनुसार कुल ४६५ वटा प्रहरी कार्यालय तथा युनिटमा क्षति पुगेकोमा कात्तिकसम्म कुल ४४९ वटा प्रहरी कार्यालय मर्मतसम्भार भई पूर्ण सञ्चालनमा आइसकेका छन् । बाँकी १६ वटा पनि मर्मत भइरहेकाले यी पनि यथाशीघ्र सञ्चालनमा ल्याउने गरी काम अघि बढिरहेको मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले जनाएको छ । यस्तै सशस्त्र प्रहरी बल, नेपालका ८४ वटा कार्यालयमा क्षति पु¥याइएको थियो भने ६१ वटा सवारीसाधन पूर्ण रूपले आगजनी गरिएको छ । त्यसै गरी राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गतका दुई वटा भवन तथा तीन वटा जिल्लास्थित कार्यालय भवनमा क्षति पुगेको छ । राअविका ११ वटा चारपाङ्ग्रे र ३० वटा मोटरसाइकल गरी ४१ वटा सवारीसाधनमा क्षति पुगेको थियो । स्रोत गोरखापत्र राष्ट्रिय दैनिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना