गृहमन्त्री ओमप्रकास अर्याल र नवनियुक्त आइजिपी कार्कीले जेन जेड घाइते तथा उनका परिवार ।
२०८२ कार्तिक २७, बिहिबार ।
नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्जानी चिन्ह ग्रहण गरीसके पछि गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले घाइते जेन जेड र उनीहरूका प्रतिनिधिसँग भेट गरेका छन् । भेटमा घाइतेहरूले प्रहरी प्रमुख र सरकारलाई घाइतेहरूको उचित उपचार प्रबन्ध र जेन जेडका न्यायोचित मागहरूको सम्बोधन गरिदिन आग्रह गरेका छन् ।
भेटमा गृहमन्त्री अर्यालले आइजिपीमा बढुवा भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै देशमा शान्ति, सद्भाव, अमनचैन र नजिकिँदै गरेको प्रतिनिधिसभाको निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था कायम राख्न र प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी काम गर्न निर्देशन दिए ।


