गृहमन्त्री अर्यालले दुर्गा प्रसाईका वार्ता टोलीसँग भने ‘सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकता’
व्यवसायी दुर्गा प्रसाईँले नेतृत्व गरेको ‘नागरिक बचाऊ महाअभियान’का प्रतिनिधिको ज्ञापन पत्र बुझ्दै उनले तत्कालीन अप्ठ्यारो परिस्थितिलाई सामान्यीकरण गर्न, शान्ति सुव्यवस्था कायम गर्न, सुशासन, भ्रष्टाचार नियन्त्रण र निर्वाचन गर्ने प्रमुख उद्देश्यका साथ गठन भएको बताए । दुर्गा प्रसाईँ नेतृत्वमा रहेको नागरिक बचाऊ महाअभियानले ज्ञापन पत्र बुझाउन समय माग गरेर ज्ञापन पत्र बुझाएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

राष्ट्र बैंक र चिनियाँ कम्पनीबीच ५० रुपैयाँ दरका नोट छाप्नका लागि सम्झौता
नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइ, डिजाइन तथा आपूर्तिका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मीन्टिङ कर्पोरेसन, बेइजिङसँग सम्झौता गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार, यो सम्झौता २०८२ साउन २५ गते (तदनुसार ११ अगस्ट २०२५) मा सम्पन्न भएको हो। सम्झौताअनुसार चिनियाँ कम्पनीले नोटको डिजाइन, छपाइ तथा आपूर्तिको सम्पूर्ण जिम्मेवारी लिनेछ। बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्यूनतम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एन्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरिएको हो। बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरेको जनाएको छ।
गुह मन्त्रालय अन्र्तरगत रहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग र निर्वाचन आयोग बिच सहकार्य हुने ।
राष्ट्रिय परिचयपत्र प्राप्त नागरिकका लागि निर्वाचन आयोगअनलाइनमार्फत मतदाता दर्ता हुने व्यवस्था गरिँदै । सरकारले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकले अनलाइनमार्फत मात्र प्रि(रजिष्ट्रेसन गरेपछि मतदाता नामावलीमा नाम दर्ता हुने व्यवस्था गर्ने तयारी अघि बढाएको छ । हाल मतदाता नामावली दर्ताका लागि नागरिक निर्वाचन कार्यालयमा लामो समय लाइन बस्नुपर्ने, भिडभाड बढेको र पालो पाउन मुस्किल परिरहेको अवस्था छ । यस्तो समस्या समाधानका लागि सरकारले राष्ट्रिय परिचयपत्रका लागि लिइएको बायोमेट्रिक विवरणलाई निर्वाचन आयोगको मतदाता नामावली दर्ता प्रणालीसँग जोड्ने तयारी गरेको हो । विभागले राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली र निर्वाचन आयोगको मतदाता दर्ता प्रणालीबीचको प्राविधिक आबद्धता परीक्षणसमेत पूरा गरिसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।
कतारस्थित नेपाली दूतावासले सेवाग्राहीलाई बिहान ८ पछि मात्रै दूतावास आउन अनुरोध । कतारस्थित नेपाली दूताबासले सेवाग्राहीलाई बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू दूतावास परिसर वरिपरि आएको विषयमा स्थानीय बासिन्दाले गुनासो गरेको भन्दै दूतावासले ८ बजेपछि मात्रै आउन अनुरोध गरेको हो । नेपाली दूतावास आवासीय क्षेत्रभित्र छ । ‘बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला स्थानमा लामो समयसम्म सवारी साधना पार्किङ गर्ने, अनावश्यक भिडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा होहल्ला गर्ने कार्यले दूतावासको छिमेकमा रहेका बासिन्दालाई असहज परेको भनी बारम्बार गुनासो आइरहेको हुँदा सम्पूर्ण सेवाग्राहीहरूलाई कार्यालय समयलाई ख्याल गरेर मात्रै सेवा लिन आइदिनुहुन,’ जारी सूचनामा भनिएको छ,‘छिटो आउनै पर्ने भए बिहानको ८ बजेपछि मात्रै आइ पुग्न हुन, सेवा लिन सम्बन्धित सेवाग्राही मात्र उपस्थित भइदिनुहुन एवं कार्यालय आसपास लामो समयसम्म अनावश्यक रूपमा बस्ने कार्य नगरिदिनु हनु सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’




