Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    २०८२ कार्तिक २५, मंगलबारका मुख्य मुख्य खबरहरु ।

    November 11, 20255 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ कार्तिक २५, मंगलबारका मुख्य मुख्य खबरहरु ।
    १. प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ।
    प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गर्नुभएको हो। उहाँले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका काम कारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गर्नुभएको हो। संघ, प्रदेश र स्थानीय सरकार बीच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत थियो।  आगामी निर्वाचनको वातावरण बनाउनका लागि  मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उहाँहरुको धारणा थियो।

    स्थानीय तहका जनप्रतिनिधिहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन खेलिरहेको भूमिकाको सह्राहना गर्दै आशा जगाउने काम गरेकोमा प्रसन्नता पनि व्यक्त गर्नुभयो। छलफलमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हाको पनि उपस्थिति थियो। गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा आएको यो सरकारले शान्ति सुव्यवस्थाका निम्ति स्थानीय सरकारले गर्न सक्ने सहयोगका नि

    म्ति आग्रह गर्नुभयो। स्थानीय सरकारले केही हतियार र करिब ५ हजार कैदीबन्दीको खोजी सरकारले गरिरहेकाले त्यसबारे सूचना उपलब्ध गराउन सक्ने भएकाले त्यसका निम्ति सहयोग गर्न उहाँले आग्रह गर्नुभयो। स्थानीय ज

    नप्रतिनिधिहरुले हालै सरकारले मितव्ययिता कायम गर्न जारी गरेको मार्गदर्शनका कारण करारका कर्मचारी राख्न नपाएको र ठेक्का लागिसकेका योजना पनि अनिश्चित भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गरा

    उनुभयो। उहाँहरुले तीनै तहका सरकारहरुबीच समन्वय गर्न गठित संयन्त्रहरुका बैठक राखी क्रियाशील गराउन पनि प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो।

    प्रधानमन्त्री कार्कीले स्थानीय सरकारको सहयोग र समन्वयमै अगाडि बढ्ने बताउनुभयो। निर्वाच

    नको वातावरण बनाउन र तयारी गर्न तपाईँहरुसँग समन्वय र सहकार्य नगरी हुन्न। तपाईँहरुका चासो हामी सम्बोधन गर्छौँ। गर्नैपर्छ। चिन्ता नगर्नुहोस्। आफ्नो काममा निर्धक्कसँग अगाडि बढ्नुहोस्। अहिले सबै मिलेर यो परिस्थितिको निकास नि

    काल्नुपर्छ।’ दलीय पद्धतिमा दललाई बाहेक गरेर अघि बढ्न नसकिने पनि उहाँले स्पष्ट पार्नुभयो। ‘दलीय पद्धतिमा दल त हुन्छन् नै। दल नभई हुँदैन। माथि दलका कुरा हुन्छन्। तल स्थानीय तहमा विकासका कुरा हुन्छन्। यी कुराबीच सन्तुलन मिलाएर लैजानुपर्छ,’ उहाँले भन्नुभयो, ‘आफ्नो काम गर्न छाड्नुहुँदैन। हामीले नै सुधार गर्दै लैजानुपर्छ। ५ वर्षमा २ चुनाव होला भनेर पनि कसैले कल्पना गरेको थिएन। गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नगरपालिका राष्ट्रिय

     महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानासहित विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो।

    २. हिजो बसेको मन्त्रीपरिषदका मुख्य मुख्य निर्णयहरू
    –नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने ।
    –भदौ २३ र २४ को घटनाको जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने ।
    –भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने ।

    –राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने ।
    –२०८२ कात्तिक २६ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा नेपाल भारत कोअर्डिनेशन बैठकको नवौं बैठकमा सहभागी हुने नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको  प्रतिनिधिमण्डलको टोलीलाई स्वीकृति ।

    –मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।
    –२०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति दिने निर्णय भएको छ ।
    –संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा नियुक्त
    प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा। भागवतप्रसाद शर्मालाई नियुक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा ९ ‘क’ को उपदफा (२) अनुसार दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका–१८ का प्राध्यापक शर्मालाई सेवा आयोगको अध्यक्ष पदमा तीन वर्षका  लागि नियुक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्राध्यापक शर्माले यस अघि विश्वविद्यालयको शिक्षाध्यक्ष रही कार्यसम्पादन गरेका थिए । त्यसैगरी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको सोही  नियम अनुसार सेवा आयोगको सदस्य पदमा फुङलिङ–३ ताप्लेजुङका प्राध्यापक डा. रमेश घिमिरेलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    ३. निकोलस भुसाललाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश
    सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै हाजिरी जमानीमा राखी अनुसन्धान गर्न गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले आज आफूलाई थुनामुक्त गर्न आदेशको  माग गर्दै दायर गरेको बन्दी रिट निवेदन खारेज गर्दै हाजिरी जमानीमा राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको हो ।
    ४.मनाङमा कोष तथा लेखा नियन्त्रक कार्यालयको नयाँ भवन उद्घाटन, महालेखा नियन्त्रक पौडेलद्वारा सेवा प्रारम्भ
    कोष तथा लेखा नियन्त्रक कार्यालय, मनाङले आफ्नै प्रशासकीय भवनबाट सेवा सञ्चालन सुरु गरेको छ। स्थापना कालदेखि हालसम्म जिल्ला सदरमुकाम चामेमा भाडाको घरबाट सेवा दिँदै आएको कार्यालयले सोमबारदेखि नयाँ सरकारी भवनबाट औपचारिक रूपमा सेवा प्रारम्भ गरेको हो। नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले एक विशेष समारोहका बीच उक्त भवनको उद्घाटन गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि महालेखा नियन्त्रक शोभाकान्त पौडेलले समयमै भवन निर्माण सम्पन्न गरेकोमा कोष तथा लेखा नियन्त्रक कार्यालय, मनाङ र निर्माण कम्पनीलाई धन्यवाद ज्ञापन गरे। उनले नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दा कार्यालयलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त गर्दै वित्तीय सुशासन कायम गर्दै छिटो,  छरितो र गुणस्तरीय सेवा प्रवाह गर्नु सबैको साझा जिम्मेवारी भएको बताए।

    ५.पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने – प्रधानमन्त्री सुशीला कार्की
    पशुपति क्षेत्र विकास कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताउनुभएको हो। कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास  कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ। प्रधानमन्त्री कार्की पर्यटनमन्त्री पनि भएकाले उहाँले बैठकको अध्यक्षता गर्नुभएको हो। उहाँले बैठकमा भन्नुभयो, ‘धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरु हुन्छन्। परम्पगत मान्यता र रीतिथितिहरु हुन्छन्। ती हाम्रा मौलिक संस्कृति हुन्। यी मूल्य मान्यताको जगेर्ना गर्नुपर्छ। संसारभरिका हिन्दुको आस्था जोडिएको ठाउँ हो पशुपतिनाथ। यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत हो। पशुपतिमा राजनीतिको छायाँ पर्न दिनुहुँदैन। दलीय कार्यकर्ताको भर्तीकेन्द्र बनाउनु हुँदैन। यहाँ काम गर्ने मान्छे धार्मिक नै हुनुपर्छ। धार्मिक संस्थामा बसेर राजनीतिको आस्था बढाउनुपर्दैन। यहाँ धार्मिक आस्था बढाउने कार्य नै गर्नुपर्छ।’

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना