मधेश प्रदेशमा एमालेका नेता सरोज कुमार यादव मुख्यमन्त्रीमा नियुक्त ।
२०८२ कार्तिक २४, सोमबार ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले यही कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि खाली भएको मधेश प्रदेशमा एमालेका नेता सरोज कुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएपछि एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त भएका छन । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो । सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी बर्दिबासको पानस होटलमा शपथ खुवाएपछि पार्टी भित्रै र बाहिरबाट बिरोध भइरहेको छ ।
मधेश प्रदेशमा एमालेका नेता सरोज कुमार यादव मुख्यमन्त्रीमा नियुक्त ।
1 Min Read

