सुरक्षाको दृष्टिकोणले सबै कुराहरु भन्न मिलेन, हामी कामबाटै देखाउनेछौं ।
२०८२ कार्तिक २३, आइतबार ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो राजीनामा माग्ने जेनजी अगुवाहरुलाई समेत जवाफ दिदै शुद्ध चित्तले कर्म गर्नेबाहेक आफूसँग अर्को विकल्प नरहेको प्रष्ट पारेका छन् । पछिल्लो समय आफ्नोबारे उठेका प्रश्नको जवाफ दिदै उनले गृह मन्त्रालय संवेदनशील भएकाले कतिपय विषयमा के गर्दैछौं भन्न नमिल्ने बताएका छन् । मन्त्री अर्यालले आफ्नो प्रतिक्रिया सामाजिक संजालबाट सार्वजनिक गर्दै पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकासमा लैजाने अभिभार पूरा गर्ने प्रष्ट पारेका छन् ।


