Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    सुरक्षाकर्मीसँग जाँचबुझ आयोगले बयानको तयारी गर्दै ।

    November 7, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मिति २०८२ कार्तिक २१, शुक्रबार ।
    सुरक्षाकर्मीसँग जाँचबुझ आयोगले बयानको तयारी गर्दै ।
    जेनजी आन्दोलनका व्रmममा भदौ २३ र २४ गते भएको जनधनको क्षतिबारे अनुसन्धान र कारबाहीका लागि गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले तहगत रूपमा सुरक्षाकर्मीको बयानको तयारी थालेको छ । घटनाको दुई दिन फिल्डमा खटिने अधिकारीहरूको विवरण प्रहरीले आंशिक रूपमा पठाएपछि जिम्मेवार व्यक्ति निक्र्योल र बयानको तयारी आयोगले थालेको हो । तीन सातादेखि आयोगले प्रहरीसँग घटनाका दिन फिल्डमा खटिने प्रहरी अधिकारीहरूको विवरणका लागि ताकेता गरिरहेको थियो । जाँचबुझ आयोगका अनुसार माग भएकामध्ये उपत्यका तथा संसद्लगायतको सुरक्षार्थ खटिएका अधिकारीको विवरण प्राप्त भएको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले प्रहरीबाट विवरण आउने व्रmम जारी रहेको बताउनुभयो । शर्माले भन्नुभयो, “उपत्यकाभित्र र बाहिर सबै फिल्ड कमान्डरको विवरण हामीले मागेका थियौँ । व्रmमशः आइरहेको छ । प्राप्त विवरणलाई हामी प्राथमिकीकरण गरेर थप प्रव्रिmया अघि बढाउँछौँ ।” आयोगले भदौ २३ र २४ गते उपत्यका र उपत्यकाबाहिरका जिल्लामा रहेका फिल्ड कमान्डरको विवरण माग गरेको थियो । तीन साताअघि माग गरेको विवरण नआएपछि आयोगले बुधबार प्रहरी महानिरीक्षकलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण पत्रसमेत पठाएको थियो । पत्रपछि आयोगले केही विवरण प्राप्त गरेको थियो ।
    बिहीबार आयोगले उपत्यकाका विभिन्न कार्यालयमा फिल्डमा खटिने अधिकृतको विवरण पठाएको छ । यस्तै सङ्घीय संसद्लगायतका निकायमा सुरक्षा कमान्डरको विवरण पनि पठाएको छ । देशभरका सबै विवरण भने आयोगले पाइसकेको छैन । प्रहरीले यसअघि आन्दोलनका दुई दिनमा सम्पूर्ण जनशक्ति फिल्डमा रहेको जवाफ पठाएको थियो । फिल्ड कमान्डरको विवरण माग गर्दा
    जवानदेखि महानिरीक्षकसम्म फिल्डमा रहेको जवाफ पाएपछि आयोगले असन्तुष्टि जनाउँदै मागिएको विवरणका लागि पुनः पत्राचार गरेको थियो । आयोगले अहिलेसम्म सम्बन्धित निकायबाट क्षतिको विवरण र उजुरी लिइरहेको छ । कार्यालयहरूले क्षतिको विवरण पनि धमाधम पठाइरहेका छन् । यस्तै अध्यक्ष र सदस्यहरूको टोली आन्दोलनका व्रmममा क्षति भएका जिल्लाको अनुगमन र अन्तरव्रिmया गरेर फर्किएका छन् । घटनामा संलग्न व्यक्तिहरूको बयानका लागि प्रश्नावली निर्माणलगायतका काम आयोगले गरिसकेको छ । घटना विवरण सङ्कलन र विश्लेषण गरिरहेको आयोगले भदौ २४ गतेको घटनामा केन्द्रित भएर कारागार कार्यालय नक्खुका प्रमुख सत्यराज जोशीसँग बयान लिइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्किएको घटनामा केन्द्रित रहेर जोशीसँग आयोगले बयान लिएको थियो । सोही प्रकरणमा रास्वपा सभापति लामिछानेसँग पनि आयोगले बयान लिइसकेको छ । स्रोत गोरखापत्र राष्ट्रिय दैनिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना