Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    २०८२ कार्तिक २०, बिहिबारका मुख्य मुख्य खबरहरु ।

    November 6, 20254 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ कार्तिक २०, बिहिबारका मुख्य मुख्य खबरहरु ।
    १.प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता

    प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता

    प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा.रामवरण यादवबिच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो ।
    प्रधानमन्त्रीको नियुक्ति असंवैधानिक भन्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार
            प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र सारङ्गा सुवेदीसहितको संवैधानिक इजलासले प्रधानमन्त्री कार्कीको नियुक्तिको विषयमा राष्ट्रपति कार्यालयसहितको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । साथै अन्तरिम आदेश दिनेरनदिने भन्ने विषयमा छलफलका लागि बोलाएको छ ।
    २.रास्वपा सभापति रवि लामिछानेसँग ६ घण्टा बयान लिएर नख्खु कारागार फिर्ता पठाइएको छ ।

    सबै कागजात मिलाउनुपर्ने र उनीसँग सम्बद्ध घटनाको संवेदनशीलताका कारण बयान लामो भएको शर्माले बताए ।
    जेनजी आन्दोलनका क्रममा भदौ २४ गते रवि कारागारमुक्त भएपछि देशभरका कारागारबाट कैदी(बन्दी भाग्ने क्रम सुरु भएको थियो ।
    आयोगले लामिछानेलाई उक्त घटनाका सम्पूर्ण प्रमाण सहित उपस्थित हुन भनेको थियो । उनले आफूसँग उपलब्ध प्रमाण पेश गरेको आयोग स्रोतले जनायो । ‘जेलबाट बाहिर जाने जति दोषी हुन्छन्, तिनलाई बाहिर पठाउने पनि उत्तिकै दोषी छ’ आयोग स्रोतले बतायो ।
    ३.जेनजी आन्दोलनको जाँचबुझ गर्ने आयोगले नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ ।
    आन्दोलनमा खटिएका प्रहरीको विवरण दिन आनाकानी गरेका कारण उनीसँग स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता तथा पूर्वप्रहरी एआईजी विज्ञानराज शर्माले बताए । यद्यपि प्रहरीले बुधवार ढिलो गरी आन्दोलनमा खटिएका कर्मचारीको विवरण पठाएको छ । प्रवक्ता शर्माका अनुसार बिहीबार बिहानबाट सम्बद्ध प्रहरी कर्मचारीको बयान लिइने भएको छ ।
    ४. १० कम्युनिस्ट पार्टीबिच एकता
    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको दिन नेपाली राजनीतिमा अहिले देखा परेका चुनौती संकट समाधान गर्नका लागि राष्ट्रिय एकताको आधार पार्ने असाधारण दिन भएको बताएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै आजको दिन कसैले बिर्साएर अब इतिहासमा नबिर्सने बताए। उनले भने, ‘मलाई संयोजकको रूपमा १० घटकको ठुलो भारी, जिम्मेवारी दिनु भएको छ। मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ।’
    ५.आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको युएई सिरिज नेपालको खराब प्रर्दशन ।
    नेपालले सिरिजका ४ वटै खेलमा हार बेहोर्न बाध्य भयो । लगातार चौथो खेलमा पराजित हुँदा नेपाल लिग–२ को शीर्ष चारमा रहँदै ओडिआई स्टाटस जोगाउने र विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गर्ने सम्भावनामा थप चुनौती थपिएको छ ।
    ६.अवैध काममा फसेका १४ नेपालीको उद्धार
    म्यान्मारमा अवैधानिक कार्यमा लगाइएका १४ नेपाली नागरिकको नेपाल सरकारले उद्धार गरेको छ । अझै ११ नेपाली नागरिक म्यान्मारमा अवैद्य काममा फसेको फेला पारिएको छ । परराष्ट्र मन्त्रालयको पहलमा १४ नेपाली नागरिकको उद्धारपछि थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले बुधबार नेपाल फिर्ता पठाएको छ । दूतावासका अनुसार विभिन्न प्रलोभनमा पारी म्यान्मारमा पु¥याई अवैद्य रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङको अवैद्य धन्दामा लगाइएकामध्ये १४ जनाको उद्धार यस पटक गरिएको हो । यसअघि पनि पटक पटक त्यस्ता काममा लगाइएका नागरिकको उद्धार गरिएको
    थियो । म्यान्मार तथा थाइल्यान्डका सम्बन्धित निकायको समन्वय र सहयोगमा म्यान्मारको म्यावडी क्षेत्रबाट उद्धार गरी थाइल्यान्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै थाइल्यान्ड पु¥याइएको दूतावासले जनाएको छ । त्यहाँबाट नेपाल एयरलाइन्सको उडानमार्फत बुधबार नेपाल फर्काइएको हो । त्यसै गरी म्यान्मारमा रहेका थप ११ नेपालीलाई यथाशीघ्र नेपाल फर्काउने गरी म्यान्मार तथा थाइल्यान्डका सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि दूतावासले प्रस्ट पारेको छ । स्रोत गोरखापत्र दैनिक
    ७. ममदानीको विजयले विश्वभर नयाँ तरङ्ग ।

    विश्वको आर्थिक राजधानी न्यूयोर्कमा उदाएका ३४ वर्षीय मुस्लिम मेयर
    मेरिकाको न्युयोर्क सहरको मेयरमा जोहरान ममदानी निर्वाचित हुनुभएको छ । ३४ वर्षीय ममदानीको विजयले अमेरिकी राजनीतिमै नयाँ तरङ्ग ल्याएको छ । विश्वभर चर्चा चुलिएको छ । न्युयोर्कका लागि उहाँ पहिलो मुस्लिम र दक्षिण एसियाली मूलको मेयर बन्नुभएको छ । डेमोक्रेटिक उम्मेदवार ममदानीको विजयसँगै उहाँले एकसाथ तीन वटा इतिहास रच्नुभएको छ । पहिलो, ३४ वर्षका ममदानी न्युयोर्कको इतिहासमा सय वर्षभन्दा बढी समयपछि निर्वाचित सबभन्दा युवा मेयर हुनुहुन्छ । दोस्रो, उहाँ न्युयोर्कका पहिलो मुस्लिम मेयर बन्नुभयो र तेस्रो, उहाँ न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एसियाली मूलका नागरिक हुनुहुन्छ । त्यस्तै रिपब्लिकन पार्टीबाट कर्टिस स्लिभा मेयरका उम्मेदवार बन्नुभएको थियो । उहाँले पराजय स्वीकार गर्दै ममदानीलाई शुभकामना दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । “एउटा राजनीतिक वंशलाई उखेल्न हामी सफल भयौँ,” ममदानीले मञ्चबाट भन्नुभयो, “आज म जे छु, त्यो तपाईंहरूले बनाइदिनुभएको हो ।” ममदानीले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कटाक्ष गर्दै भन्नुभयो, “जसले मलाई सफल बनाउन सक्छन्, उनीहरू नै मलाई पराजित गर्न पनि सक्छन् ।” ट्रम्पले चुनावअघि ममदानीलाई मत नदिन अपिल गर्नुभएको थियो । ममदानीले निःशुल्क बस सेवा, शिशु स्याहार केन्द्र र बढ्दो महँगी नियन्त्रणलगायत आफ्ना सबै चुनावी वाचा पूरा गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको छ । न्युयोर्क अमेरिकाको राजनीतिक केन्द्र हो भने विश्वमै नाम लिइने मुख्य सहरसमेत हो । ममदानीको यो विजयले न्युयोर्कको राजनीतिक दिशा परिवर्तन गरेको मात्र नभई सन् २०२६ को मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि प्रारम्भिक चेतावनीका रूपमा समेत देखिएको छ । ममदानीको यो विजयी परिणामसँगै डेमोक्रेटिक पार्टीले भर्जिनिया र न्युजर्सीको गभर्नर चुनावमा पनि उल्लेखनीय सफलता हात पारेको छ । यी परिणामले ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि कमजोर भएको डेमोक्रेटहरूको मनोबल पुनः उच्च बनाएको छ भने रिपब्लिकनमा भने चिन्ताको घण्टी बजाएको बिबिसीले जनाएको छ ।  स्रोत गोरखापत्र दैनिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना