२०८२ कार्तिक १६, आइतबारका मुख्य मुख्य खबरहरु
१.प्रधानमन्त्रीद्धारा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै ।
प्रधानमन्त्रीद्धारा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्नका लागी दिउँसो ४ बजे बालुवाटारमा बैठक आब्हान गरेकी छन । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ।
२. प्रधानमन्त्रीद्वारा निर्वाचनका सन्दर्भमा छलफल, ‘राजनीतिक दलबाट स्पष्ट प्रतिबद्धता आओस्’
्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारीका सन्दर्भमा नेपाली कांग्रेसका नेतासँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री कार्कीले कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग निर्वाचनकेन्द्रित विमर्श गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग सामूहिक र छुट्टाछुट्टै संवाद गरिरहनुभएको छ । भेटवार्तामा प्रधानमन्त्री कार्कीले निर्वाचनका सन्दर्भमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताउनुभयो । महामन्त्री शर्माका अनुसार भेटवार्तामा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था,
राजनीतिक दलको सहभागिता सुनिश्चित गर्नेसहित समग्र विषयमा संवाद भएको छ । उहाँले भन्नुभयो, “निर्वाचन भयरहित र निष्पक्ष रूपमा सम्पन्न हुनु पर्छ । सरकारले गरिरहेको तयारी र राजनीतिक
दलको दायित्वका सन्दर्भमा परामर्श भएको छ ।” प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार आगामी निर्वचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा छलफल भएको छ । स्रोत गोरखापत्र दैनिक
३.एमाले महाधिवेशन काठमाडौँमै
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को “केन्द्रीय कमिटीको १० औँ बैठकले पोखरामा गर्ने भनेको ११ औँ महाधिवेशन एमालेको शनिबार बसेको सचिवालयको ५९ औँ बैठकले महाधिवेशन स्थल परिवर्तन गर्दै काठमाडौँमै गर्ने निर्णय गरेको छ ।
४. निजी स्वास्थ्य संस्थाका नर्सले सरकारी सरह तलब पाउने सम्झौता
निजी अस्पतालमा कार्यरत नर्सले अब सरकारी सरह तलब पाउने भएका छन् । शनिबार बेलुकी भएको वार्तामा आन्दोलनरत नर्ससँग २३ बुँदे सम्झौता भएको छ । सम्झौतामा नेपाल नर्सिङ सङ्घ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, निजी मेडिकल कलेज सञ्चालकका प्रतिनिधि, निजी अस्पतालका प्रतिनिधिलगायत १४ जनाले हस्ताक्षर गर्नुभएको छ । वार्ता सफल भएसँगै महिना दिनदेखि आन्दोलनरत नर्सको आन्दोलन पनि स्थगित हुने भएको छ । आन्दोलन फिर्ताबारे विस्तृत जानकारी नेपाल नर्सिङ सङ्घले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नर्सको मागका विषयमा शनिबार बिहानदेखि रातिसम्म चलेको वार्ता सफल भएको जानकारी दिनुभयो । उहाँले निजी मेडिकल कलेज तथा ठुला अस्पतालले कात्तिक महिनादेखि नर्सलाई सरकारी सरह तलब दिने छन् । यसै गरी अन्य निजी अस्पतालका हकमा एक महिनाभित्र नर्सिङका समस्या समाधान गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएपछि सरकारी सरहको तलब कायम हुने
छ । प्रवक्ता डा. बुढाथोकीले दिनुभएको जानकारी अनुसार हाललाई अन्य अस्पतालले सरकारी तलबको ८० प्रतिशत तलब दिने सहमति भएको छ । उहाँले नर्सका समस्या समाधान गर्न बनेको कार्यदलको समय एक महिना थप भएको जानकारी दिनुभयो । निजी अस्पतालमा कार्यरत नर्सले एक महिनाअघिदेखि सरकारी सरह तलब भत्ता पाउनुपर्ने, श्रम शोषणको अन्त्य हुनुपर्ने, रात्रिकालीन भत्ता उपलब्ध गराउनुपर्ने, रोजगारीका लागि ओर्जिनल प्रमाणपत्र राख्न नपाइने, नर्सलाई काम गरेको अवधिको अनुभवपत्र दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गरेका थिए ।
५.आइसीसी विश्वकप क्रिकेट लिग–२ को युएई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।
६.माओवादीसँग एकता गर्ने निर्णयले नेकपा एस फुट्यो, सुकेधारामा झलनाथ(घनश्याम पक्षको बेग्लै भेला
नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ पक्षले असन्तुष्टि जनाउँदै बेग्लै बेला बोलाएका थिए। नेता खनाल र घनश्याम भुसाल पक्षको भेला सुकेधारामा बैठक भएको थियो। वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठलगायत सहभागी थिए।
७.दाउन्ने सडक खण्ड दुइतर्फी अवरुद्ध,
महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ ।माटो बोकेको एउटा गाडी फसेका कारण शनिबार साँझबाट पूर्व(पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
८. वीरगञ्ज भन्सारमा अनलाईन भन्सार डाटावेश प्रणालीको शुभारम्भ
वीरगञ्ज भन्सारमा अनलाईन भन्सार डाटावेश प्रणालीको शुभारम्भ भएको छ । आर्थिक वर्ष २०८२।०८३ को बजेट बक्तव्यमा उल्लेख भए बमोजिम शुभारम्भ भएको हो ।
९.युनेस्कोद्वारा ललितपुर महानगरलाई संगीतको रचनात्मक शहर घोषणा ।
विश्व शहर दिवस २०२५ को अवसरमा ललितपुर महानगरलाई युनेस्को संगीतको रचनात्मक शहरको रूपमा घोषणा गरेको छ ।
१०. उपत्यकाको शहरीकरणको लागी ५० वर्षे गुरुयोजना बन्दै, ११. सरकारसँग कति छ त नगद मौज्दात ?
महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखा परीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे । प्रतिवेदनअनुसार आव २०८१/८२ मा सरकारको सञ्चित कोष रु. एक खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक रहेको छ । यस्तै, नगद अवस्था रु। ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक रहेको छ । विभिन्न कोषको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात रु। ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक रहेको प्रवक्ता लामिछानेले जानकारी दिए । रासस
२०८२ कार्तिक १६, आइतबारका मुख्य मुख्य खबरहरु
4 Mins Read

