Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    कार्तिक १२, २०८२ का बिहानका मुख्य मुख्य समाचारहरु

    October 29, 20256 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कार्तिक १२, २०८२ का बिहानका मुख्य मुख्य समाचारहरु
    १.प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ
    सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनस्स्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।
    २.एमाले पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ
    नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई मङ्गलवार ललितपुरबाट पक्राउ गरेको प्रवक्ता शिवकुमार श्रेष्ठले जनाएका छन् ।प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि जोगिँदै आएका थिए। भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।भट्टचनविरुद्ध परेको जाहेरी पहिले जिल्ला प्रहरी परिसर, काठमाडौंले दर्ता गर्न मानेको थिएन । पछि पीडित पक्ष जिल्ला सरकारी वकिलको कार्यालयसम्म पुगेको थियो ।
    ३.जेनजी आन्दोलनका ‘दोषी’ प्रहरीमाथि कारवाही हुने, प्रहरी विशेष अदालत गठन गरिँदै
    जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रहरी कार्यालय असुरक्षित हुने, हातहतियार लुटिने र स्वयं प्रहरी कर्मचारी मारिने स्थितिका जिम्मेवार प्रहरीमाथि कारवाहीको तयारी गरिएको छ । सरकारले प्रहरी विशेष अदालतको गठन गरेर उनीहरुलाई अनुसन्धानमा तान्ने भएको हो ।
    ४.प्रधानमन्त्रीले बोलाइन् सरकार, दल र जेनजीको त्रिपक्षीय बैठक
    प्रधानमन्त्री सुशीला कार्कीले भोली सरकार, दल र जेनजी अगूवाहरुको त्रिपक्षीय बैठक आह्वान गरेकी छन् । उनले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । आज बालुवाटारमा ४ बजे बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । बैठकमा निर्वाचन सफल पार्ने र परिवर्तन संस्थागन गर्ने विषयमा छलफल हुने उनको भनाइ छ ।
    ५. उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
    आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
    ६. प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन, गृहमन्त्रीसँग असन्तुष्ट
    सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं मेयर बालेन शाहले यसबीचमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटिसकेका छन् । अघिल्लोपल्ट कुमार बेनसहित सौहार्द गफ गरी फर्केका उनले यसपल्ट एक्लै बालुवाटार गए । सरकारमाथि दबाब बढाउने गरी प्रस्तुत भएका उनले आफ्ना चार सरोकारहरु कार्कीसँग राखे । १.प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल गिरफ्तार गर्नुपर्ने २. दुर्गा प्रसाईलाई पक्रेर उनका गतिविधि नियन्त्रण गर्नुपर्ने । ३.सरकारका मन्त्रीहरुको समग्र कार्यक्षमता र गतिमा ढिलाइ, जेनजी मन्त्री चयन र ४.चार, गृहमन्त्री ओमप्रकाश अर्यालको बिदाई ।
    ७. कात्तिके वर्षा र हिमपातले हजारौँ पर्यटक प्रभावित
    वर्षा र हिमपातका कारण हिमाली जिल्लाको पदयात्रामा रहेका हजारौँ पर्यटक प्रभावित भएका छन् । वर्षा र हिमपातले पदमार्ग र सडक दुवै अवरुद्ध हुँदा पर्यटक प्रभावित भएका हुन् । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन । हिमपातले स्थलमार्ग अवरुद्ध हुँदा उपल्लो मनाङबाट ७५० जना आन्तरिक, बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ । साथै सो लुखुम्बुको लुक्लाभन्दा माथि करिब दुई हजार, लोबुचेमा २१० र गोरकक्षेपमा १२२ जना पर्यटक रहेकामा सबै सुरक्षित रहेको जनाइएको छ । साथै मुस्ताङमा समेत पर्यटकले हिमपातका कारण सास्ती खेप्नु परेको छ । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन । सम्भावित जोखिम कम गर्न विभिन्न हिमाली क्षेत्रको पदयात्रामा रोक लगाएपछि विभिन्न स्थानमा
    पुगेका पर्यटक होटेलमै रोकिएका छन् । म्याग्दी,मनाङ, मुस्ताङ, सोलुखम्बु र गोरखा जिल्लाका माथिल्लो क्षेत्रमा सोमबार रातिदेखि भएको वर्षासँगैको हिमपातका कारण पदमार्ग तथा सडक दुवै अवरुद्ध हुँदा पदयात्री रोकिएका हुन् । मनाङमा सोमबारदेखि जारी भारी हिमपातका कारण यातायात अवरुद्ध भएपछि उपल्लो मनाङ घुम्न गएका पर्यटक बाटोमै रोकिएका छन् । पदयात्रा नगर्न अनुरोध मनाङ, मुस्ताङ र म्याग्दीका जिल्ला प्रशासन कार्यालयले हिमपात र खराब मौसमका कारण सार्वजनिक सूचना जारी गर्दै हाललाई पदयात्रा नगर्न अनुरोध गरेका छन् । स्रोत गोरखापत्र दैनिक
    ८.नर्सको आन्दोलन जारी
    रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफले आफ्नो माग पूरा नभएपछि सुरु गरेको आन्दोलन मङ्गलबार पनि निरन्तर जारी राखेका छन् । कात्तिक २ देखि सुरु गरिएको यो आन्दोलन अन्तर्गत नर्स दैनिक रूपमा अस्पतालपरिसरमा प्लेकार्डसहित धर्ना र नाराबाजी गरिरहेका छन् । उनीहरूले नेपाल सरकारले तोकेको तलब सुविधा कार्यान्वयन नगरेको र आफ्ना अधिकारमाथि बेवास्ता भएको आरोप लगाएका छन् । नेपाल सरकारले तोके अनुसारको तलब पाउनुपर्ने, अतिरिक्त कार्य भत्ताको व्यवस्था हुनुपर्ने, करार सम्झौता गरे र मात्रै सेवामा लगाउनुपर्ने , ज्यालादारी प्रणाली अन्त्य गर्नुपर्ने, अनुभवको पत्र उपलब्ध गराउनुपर्ने र सबै पारिश्रमिक बैङ्किङ प्रणालीमार्फत मात्र उपलब्ध गराउनुपर्नेलगायतका विषय छन् ।
    ९. सबै सार्वजनिक संस्थानलाई कम्पनी बनाइने
    सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने भएको छ । विभिन्न ऐनमार्फत सञ्चालन हुँदै आएका ती संस्थानलाई कम्पनीसम्बन्धी एउटै ऐनमार्फत सीमित दायित्वका कम्पनीमा परिणत गर्ने नीति सरकारले अख्तियार गरेको हो । सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२ जारी गर्दै सरकारले सञ्चालनमा रहेका सबै सार्वजनिक संस्थानलाई व्रmमशः कम्पनीमा परिणत गर्ने नीति लिएको हो । मन्त्रीपरिषद्बाट गत असोज १३ गते स्वीकृत भई हालै मात्र सार्वजनिक गरिएको उक्त नीतिले त्यसका लागि कानुनी आधार परिवर्तन गर्ने रणनीति लिएको छ । “सार्वजनिक संस्थान स्थापनाको कानुनी आधार परिवर्तन गर्दै सबै सार्वजनिक संस्थानलाई क्रमशः कम्पनीमा परिणत गरिने छ,” नीतिमा उल्लेख छ । नीति अनुकूल हुने गरी संस्थानको गठन आदेश, प्रबन्धपत्र तथा नियमावलीमा संशोधनमार्फत कम्पनीमा लैजाने सरकारको नीति छ । विभिन्न कानुनद्वारा स्थापित संस्थानलाई कम्पनी ऐन, २०६३ बमोजिम कम्पनीमा परिणत गर्ने प्रव्रिmया अघि बढाउने सरकारको योजना छ । यसको कार्यान्वयन आगामी आर्थिक वर्षदेखि सुरु गर्ने कार्ययोजना बनाइएको छ ।
    सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरू
    औद्योगिक क्षेत्रतर्फ
    १. दुग्ध विकास संस्थान
    २. जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड
    ३. हेटौँडा सिमेन्ट उद्योग लिमिटेड
    ४. जनकपुर चुरोट कारखाना लिमिटेड
    ५. नेपाल औषधी लिमिटेड
    ६. उदयपुर सिमेन्ट उद्योग लिमिटेड
    ७. नेपाल ओरियन्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड
    ८. बुटवल धागो कारखाना लिमिटेड
    ९. नेपाल मेटल कम्पनी लिमिटेड
    १०. धौबादी फलाम कम्पनी लिमिटेड
    व्यापारिक क्षेत्रतर्फ
    १. कृषि सामग्री कम्पनी लिमिटेड
    २. खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
    ३. नेपाल आयल निगम लिमिटेड
    ४. नेपाल वन निगम लिमिटेड
    सेवा क्षेत्रतर्फ
    १. औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड
    २. नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड
    ३. नेपाल वायुसेवा निगम
    ४. राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड
    ५. नागरिक उड्डयन प्राधिकरण
    ६. साझा यातायात सहकारी संस्था लिमिटेड
    ७. नेपाल रेलवे कम्पनी लिमिटेड
    ८. विशाल बजार कम्पनी लिमिटेड
    ९. नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड
    सामाजिक क्षेत्रतर्फ
    १. सांस्कृतिक संस्थान
    २. गोरखापत्र संस्थान
    ३. जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
    ४. सार्वजनिक सेवा प्रसारण नेपाल
    ५. राष्ट्रिय आवास कम्पनी लिमिटेड
    जनोपयोगी क्षेत्र
    १. नेपाल खानेपानी संस्थान
    २. नेपाल विद्युत् प्राधिकरण
    ३. नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
    ४. विद्युत् उत्पादन कम्पनी लिमिटेड
    ५. राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड
    वित्तीय क्षेत्र
    १. कृषि विकास बैङ्क लिमिटेड
    २. राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड
    ३. राष्ट्रिय बिमा कम्पनी लिमिटेड
    ४. राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड
    ५. निक्षेप तथा कर्जा सुरक्षण कोष
    ६. नेपाल स्टक एक्सचेन्ज लिमिटेड
    ७. नागरिक लगानी कोष
    ८. हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी
    ९. नेपाल बैङ्क लिमिटेड
    १०. सिडिएस एन्ड क्लियरिङ लिमि

     

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना