आज थप दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
२०८२ कार्तिक ०९, आइतबार ।
आज बिहानैदेखि चार जना मन्त्रीहरुले सपथ लिने भनेर मिडियामा आएको थियो । चार जना मध्ये दुईजना खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाममा विवाद आएपछि राष्ट्रपति रामचन्द्र पौडेलले दुईजना मात्रै मन्त्रीहरुलाई राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई शपथ दिलाएका हुन् । डा गौतम स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुन् भने गुप्ता जेनजी आन्दोलनका अगुवा हुन् । अब मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १० पुगेको छ ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, मन्त्रीगण, प्रनिधिसभाका उपसभामुख इन्दिरा राना, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।



