२०८२ कार्तिक ०९, आइतबार ।
भदौ २३ र २४ गते पछि बनेको मन्त्रि परिषदमा चौथौ पटक मन्त्री थप गरी १२ सदस्सिय बनाइने भएको छ । प्रथम पटक मिति २०८२ भदौ २७ मा प्रधानमन्त्री सुशीला कार्कीले सपथ लिनुभएको थियो । त्यस पछि दोस्रो पटकमा भदौ ३० मा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिंचाइस भौतिक पूर्वाधार तथा यातायातस सहरी विकास मन्त्री कुलमान घिसिंङ थपिनु भएको थियो भने असोज ६ मा उद्योग, वाणिज्य तथा आपूर्तिस कानून, न्याय तथा संसदीय मामिलास भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा श्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा श्री महावीर पुन, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा श्री मदनप्रसाद परियार र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा श्री जगदीश खरेल नियुक्त हुनु भएको थियो ।
यसैक्रममा आज आइतबार सुशीला कार्की नेतृत्वको सरकारमा आज चार जना नयाँ मन्त्री थपिँदै छन् । जसमा स्वास्थ्यमन्त्रीमा सुधा गौतम, श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा खगेन्द्र सुनार, पर्यटनमन्त्रीमा गणपतिलाल श्रेष्ठ र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता बनाउन लागिएको हो । उनीहरूको आजै साँझसम्म शपथको तयारी छ ।

