१. संवादबाटै निकास खोज्न प्रधानमन्त्री निरन्तर छलफलमा
प्रधानमन्त्री सुशीला कार्कीले देशको सुरक्षा र निर्वाचन तयारीका सन्दर्भमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार सम्पन्न उच्चस्तरीय सुरक्षा बैठकमा समग्र सुरक्षा स्थितिसँगै आन्दोलन घोषणा गरेका समूहका सन्दर्भमा पनि विश्लेषण भएको छ । प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल र चार वटै सुरक्षा निकायका प्रमुखसँग सुरक्षा अवस्था र सम्बन्धित निकायको तयारीबारे जिज्ञासा राख्नुभयो । भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि पनि केही समूहले सडक प्रदर्शनमा उत्रिने बताइरहँदा सरकारले सुरक्षा व्यवस्थाका सन्दर्भमा संवेदनशील ढङ्गले छलफल गरिएको छ । जेनजी आन्दोलनका माग सम्बोधन गर्दै सुशासन कायम गरेर फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नुपर्ने ऐतिहासिक दायित्वबिच सुरक्षा अवस्था दृष्टिगत गरेर प्रधानमन्त्रीले सम्बन्धित सबै संयन्त्रसँग ब्रिफिङ लिनुभएको छ । बैठकपछि गृहमन्त्री अर्यालले देशको सुरक्षा अवस्थामा सूक्ष्म विश्लेषण भएको जानकारी दिनुभयो । उहाँले स्थिति सामान्यीकरण गर्ने र निर्वाचनको वातावरण बनाउनका लागि चाहिने सुरक्षा र सुरक्षाको प्रत्याभूति दिने कुरामै सरकार केन्द्रित रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सडक प्रदर्शनसँग सम्बन्धित विषयमा छलफल भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “सडक प्रदर्शनबाट निम्त्याइने सुरक्षा जोखिमबारे गहन छलफल भएको छ । जसका पनि राजनीतिक माग छन् भने सरकारले संवादकै माध्यमबाट सम्बोधन गर्ने छ । सरकारले ती माग सुन्छ ।” स्रोत गोरखापत्र दैनिक
२. विश्वकप लिग टूस् नेपालले आज अमेरिकासँग खेल्दै
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा आज बिहान सवा ११ बजे आइसिसी विश्वकप लिग टू मा नेपालले अमेरिकासँग खेल्दै छ। नेपाल यस सिरिजमा अमेरिकाविरुद्ध यसअघि भोगेको हारको बदला लिने र अंक तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । रोहित पौडेलको कप्तानीमा रहेको नेपालले गत साता विश्वकपमा छनोट भएर नेपाली समर्थकहरूमा उत्साह भरेको थियो, अब लिग २ मा उत्कृष्ट पुनरागमन गर्दै अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा छ ।
नेपाल र अमेरिकाबीच ओडीआई क्रिकेटमा कुल ९ खेलहरू भएका छन्, जसमा दुवै टोलीले समान ४–४ खेलमा विजय हासिल गरेका छन् । एउटा खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । हालका भिडन्तहरू हेर्दा अमेरिकाले २०२४ मा आफ्नै मैदानमा भएको दुई खेलहरूमा नेपाललाई क्रमशः ३७ रन र ३ विकेटले हराएको थियो। यो सिरिजमा नेपालले आफ्नो लय देखाउँदै उत्कृष्ट प्रदर्शन गर्न सक्ने अपेक्षा गरिएको छ ।
३. माओवादी र नेकपा एकीकृत समाजवादीबीच एकताको तयारी
माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालबीच एकताको लागि लगभग अन्तिम तयारीमा पुगेका छन
४.संसद् भवन निर्माण सम्पन्न नगरे कारबाही गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको समय सङ्घीय संसद् भवनको निर्माण सम्पन्न नगरिए ठेक्का सम्झौताबमोजिम कारबाही हुने चेतावनी दिनुभएको छ । मन्त्री घिसिङले भन्नुभयो, “कामको गति बढाउनतर्फ लाग्नु भएन भने ठेक्का सम्झौताबमोजिम कारबाहीको प्रव्रिmया अगाडि बढ्छ, त्यसको सम्पूर्ण दायित्व निर्माण व्यवसायीले
बहोर्नुपर्ने छ, त्यसैले सबै गम्भीर भएर लाग्नुहोला ।” सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको शनिबार स्थलगत अनुगमन गर्दै उहाँले त्यस्तो चेतावनी दिनुभएको हो
५.दुर्गा प्रसाईंले भाडामा मान्छे ल्याएर उतार्न सक्ने सुरक्षा निकायको ब्रिफिङ
हिजो शनिबार बिहान बालुवाटरमा भएको चार वटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का प्रमुखहरूसँग प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालले छलफल गरेका थिए । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले १५ कात्तिकपछि घोषणा गरेको आन्दोलन र त्यससँग सम्बन्धित सुरक्षा चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूले सरकारलाई ब्रिफिङ गरेका छन् ।
६.सुरक्षा निकायसँगको छलफलपछि दलहरूलाई सरकारको अपिल – अब सडकमा होइन, संवादमा लाग्न गृहमन्त्री अर्यालको अनुरोध ।
७. जेनजी आन्दोलनका क्रममा संलग्न भएका विभिन्न कलाकारहरुको भाइरल भिडियोको कारण विवाद उत्पन्न

