२०८२ कार्तिक ३ गते, सोमबारका मुख्य मुख्य समाचारहरु ।
१.उज्यालोे र समुन्नतिको प्रतीक तिहार, आज तिहारको दोस्रो दिन, कुकुरको पूजाआजा गरी मनाइँदै
ढकमक्क मखमली र सयपत्री फुलेर आएको सुवास, रङ्गीबिरङ्गी बत्तीको उज्यालो, देउसीभैलोको उल्लास, नेपालीका घरआँगनमा तिहारको उल्लास भित्रिइसकेको छ । मानव मात्रै होइन, पशुपक्षीप्रति पनि सद्भाव र प्रेम व्यक्त गर्ने अनि समुन्नतितर्फ अघि बढ्न प्रेरित गर्ने नेपालीको दोस्रो ठुलो चाड तिहार आइतबारदेखि सुरु भएको हो । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि आरम्भ हुने तिहारलाई यमपञ्चक पनि भनिन्छ । विशिष्ट मौलिक संस्कृतिका रूपमा रहेको तिहारका पहिलोदिन आइतबार काग तिहार मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालका अनुसार सोमबार नरक चतुर्दशी भएकाले बिहान कुकुर तिहार र साँझ लक्ष्मी पूजा गरिने छ । तिहारको पहिलो दिन कागको पूजा गरी कागलाई मिठा परिकार दिने गरिन्छ । तिहारको दोस्रो दिन कुकुरलाई टीका र माला लगाइदिने र मिठा परिकार दिने प्रचलन छ । अध्यक्ष ढकालले कात्तिक ५ गते गोबर्धन पूजा, म्हःपूजासँग नेपाल संवत् ११४६ सुरु हुने बताउनुभयो । तिहारको अन्तिम दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीकासँगै मखमली र सयपत्रीको माला लगाइदिने प्रचलन छ । प्राध्यापक ढकालले यमराजलाई बहिनी यमुनाले सत्कार गरेर आफ्ना माइतीका रूपमा
पूजा गरेको भनी पौराणिक ग्रन्थबाट बुझ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भाइटीका कात्तिक ६ गते हो । शुभसाइत बिहान ११ः३९ बजे तोकिएको छ । तर व्यक्तिगत रूपमा मेरो आग्रह छ– साइतलाई सामान्य माने पनि हुन्छ । दिनभरि नै साइत हो । बिहान सूर्योदयदेखि साँझसम्म लगाए हुन्छ ।” फेरिएको संस्कृति संस्कृति एवं तन्त्रविद् डा. मिलनकुमार थापाले तिहारको संस्कृति केही परिवर्तन भएको बताउनुभयो । उहाँले देश राजनीतिक रूपमा सङ्कटमा रहे पनि तिहार पर्वले धार्मिक सद्भाव, आर्थिक समुन्नति र एकता अभिवृद्धि गर्न सहयोग पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा कात्तिक महात्म्यलाई आधार मानेर पौराणिक वैदिक विधिबाट तिहार मनाइन्छ । तर हामीभन्दा अगाडिको पुस्ताले कुवेर यन्त्र, लक्ष्मी यन्त्र आदिलाई तन्त्र विधिबाट पूजा गर्ने प्रचलन पनि थियो । अहिले सामान्य पूजा विधिबाटै काम चलाउने गरिन्छ ।” डा. थापाले सनातन हिन्दू समाजमा तिहार मनाउने प्रचलनमा फरक फरक रहेको बताउनुभयो । उहाँका अनुसार भारतको बङ्गालमा आइतबारदेखि नै कालरात्रिको पूजा गर्ने प्रचलन छ र लक्ष्मी पूजासँगै काली देवीलाई पूजा गर्ने चलन छ । उहाँले भन्नुभयो, “नेपाली समाजको आफ्नै विशिष्ट मौलिक पक्ष छ । तिहारले पशुपन्छीप्रतिको सद्भाव झल्काउँछ । दिदीबहिनी र दाजुभाइमा आपसी प्रेम र विश्वास अभिवृद्धि गर्छ । लक्ष्मीको उपासनाले समुन्नतिका लागि अग्रसर हुन उत्प्रेरित गर्छ । त्यसैले नेपाली मौलिक चाड तिहारको विशिष्ट सांस्कृतिक महत्त्व छ । त्यसैले मौलिक पक्षलाई समेटेर आउने पुस्तालाई हस्तान्तरण गर्नु पर्छ ।” स्रोत गोरखापत्र दैनिक

२. गृह मन्त्रालयद्वारा ७७ वटै जिल्लाका सीडीओलाई ६३ बुँदे निर्देशन
शान्ति सुरक्षा र अपराध नियन्त्रणस् जिल्लाभित्रको समग्र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ । लागुऔषध, अवैध मदिरा, र अन्य गैरकानूनी गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्न भनिएको छ।







३.गोपालमानको प्रस्ताव( कांग्रेसको अगुवाइमा राजसंस्थासहित सर्वपक्षीय भेलाबाट समाधान खोजौँ
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले कांग्रेसको अगुवाइमा राजसंस्थासहित सर्वपक्षीय भेलाबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने प्रस्ताव राखेका छन् । राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेन-जी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ ।’ सर्वपक्षीय भेला गरेर समाधान निकाल्न ढिला गर्न नहुने उनको भनाइ छ ।
४. ‘आईपीओ निष्कासन रोक र जेनजीको नाममा निस्शुल्क शेयर हामी दोहोरो चेपुवामा पर्यौँ’- बलराम खतिवडा, महासचिव, इप्पान
५.जेन-जी आन्दोलनमा तीनकुनेका प्रहरीको बर्दी खोल्न लगाएर लखेट्ने व्यक्ति पक्राउ
जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति पक्राउ परेका छन् ।आन्दोलनकारीले चौकी आक्रमण गरेर हतियार लुट्नुका साथै प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्न थालेपछि कतिपय प्रहरीले बागमती नदीमा हामफालेका थिए । जेनजी आन्दोलनका बेला भएका घटनाको अध्ययन गरिरहेको टोलीले आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरेको भिडियो फूटेज र फोटोहरुका आधारमा घिसिङलाई पक्राउ गरेको हो । घिसिङमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

६.७० वर्ष उमेर कटेका यात्रुलाई हवाई भाडामा अब ५० देखि ८० प्रतिशत छुट
हिजो आइतबार बसेको नागरिक उड्डयन प्राधिकरण र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीचको बैठकले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरूका लागि हवाई भाडामा ५० देखि ८० प्रतिसतसम्म छुट दिने निर्णय गरेको छ। प्राधिकरणले सहमति भएका व्यवस्था आइतबारदेखि नै लागू गर्न सबै वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।
हवाई टिकटमा नेपाल सरकारले तोकेको अधिकतम भाडादरमा जेष्ठ नागरिकलाई निम्न छुट हुनेछ ।
क. ७० वर्षभन्दा माथिका यात्रुकालागि ५० प्रतिशत छुट
ख. ७५ वर्षभन्दा माथिका यात्रुका लागि ७० प्रतिशत र
ग. ८० वर्षभन्दा माथिका यात्रुका लागि ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
७.राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । आइतबार अधिवक्ता सुनिल भट्टराईले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

