Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    बिहानी समाचार २०८२ असोज २८, मंगलबार ।

    October 14, 20254 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ असोज २८, मंगलबार ।

    1. आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत हिजो भएको खेलमा नेपालले कतारलाई हराएको छ .                                                                                                                         कतारविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा समेटियो । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत कतारसंग रोमाञ्च जित निकाल्दा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने प्लेयर अफ द म्याच बनेका छन् । कतारविरुद्ध शानदार बलिङ प्रदर्शन गरेका सन्दीप प्लेयर अफ द म्याच बनेका हुन् । उक्त खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको थियो ।                                                      कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीपले लिए ५ विकेट          कतारसामु नेपाली बलरले शानदार प्रदर्शन गरे । कुनै समय जिततर्फ लम्बिएको कतारलाई नेपाली बलरले रोक्न सके । स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । ३.५ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर ५ विकेट लिए । अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन आवश्यक थियो । तर, सन्दीपले अन्तिम ओभरमा २ विकेट लिदै नेपाललाई ५ रनको रोमाञ्चक जित दिलाए । नन्दन यादव २ र दीपेन्द्रसिह ऐरीले एक विकेट लिए । कतारका इमाल लियानागेले सर्वाधिक ५६ रन बनाएपनी जितका लागि प्रर्याप्त हुन सकेन ।

    नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक इनिङ खेले ।
    रोहितले ४१ बलमा ५८ रन
    दीपेन्द्रसिंह ऐरी २६, रन
    कुशल भुर्तेल ६, रन
    आसिफ शेख ११, रन
    कुशल मल्ल ८, रन
    आदिल आलम २, रन
    सन्दीप जोरा १, रन
    सोमपाल कामी १४ रन
    नन्दन यादव १ रनमा अविजित रहे र
    गुल्सन झा १६ रन मा आउट भए ।

    २.भेपमार्फत सुन तस्करी साढे आठ करोड बिगोसहित महराविरुद्ध मुद्दा
    भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दायर भएको छ । सङ्गठित अपराध र भन्सारसम्बन्धी दुई कसुरमा महराविरुद्ध मुद्दा दायर भएको हो । महराविरुद्ध दुई कसुरमा आठ करोड ५५ लाख २८ हजार ३७४ रुपियाँ बिगो दाबी गरिएको छ । हाजिरी जमानतमा छुटेको डेढ वर्षपछि पव्रmाउ पर्नुभएका महराविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।
    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले दुई कसुरमा महराविरुद्ध मुद्दा दायर भएको बताउनुभयो । मुद्दा दायर भए पनि जिल्ला अदालतमा मङ्गलबारदेखि मात्र थुनछेक प्रव्रिmया प्रारम्भ हुने छ । अदालतले थुनेछेकपछि थुनामै राख्न, धरौटी वा जमानतमा रिहाको आदेश गर्न सक्ने छ । २०७९ पुस १० मा फ्लाई दुबईबाट काठमाडौँ आएका चिनियाँ नागरिक दावाजिन वाङको साथमा शङ्कास्पद सुटकेस बरामद भएको थियो । सामग्री नै छाडेर चिनियाँ नागरिक वाङ भागेका थिए । भन्सारमा अलपत्र उक्त सामग्री छाडिदिन महराले पटक पटक फोन गर्नुभएको अनुसन्धानमा खुलेको थियो ।
    ३.टिओबी समूहमाथि प्रहरी अनुसन्धान
    गत भदौ २३ र २४ गते गरेको आन्दोलनमा तिब्बत ओरिजिनल ब्लड (टिओबी) ले गरेको शङ्कास्पद गतिविधिबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरीपरिसर काठमाडौँले टिओबी समूहका तेन्जेन दावालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । सामाजिक सञ्जालमा यत्रतत्र भएको एक भिडियोमा दावाले पेस्तोल बोकेको देखिन्छ । परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईले दावामाथि जिल्ला अदालत काठमाडौँबाट छ दिनको म्याद थपेर अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरीले दावाको साथबाट भिडियोमा देखिएको पेस्तोल बरामद गरेको र उक्त पेस्तोल नक्कली रहेको जनाएको छ । काठमाडौँको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भिडियो जेनजी आन्दोलन बेलाको नरहेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पेस्तोल बोकेको व्यक्ति तेन्जेन दावा रहेको र उक्त भिडियो करिब एक वर्ष पुरानो रहेको खुलेको छ ।

    ४. पोखरा एयरपोर्टमा अर्बौँ भ्रष्टाचारको आरोप लागेका प्रदीप अधिकारीलाई जेन(जी युवाले र्‍याकर्‍याक्ति पारे,
    ५. लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता
    ६.जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
    ७. विपिनको शव हमासले इजरायललाई हस्तान्तरण गर्यो, डिएनए परिक्षण पछि परिवारलाई हस्तान्त्रण गर्ने

    Hamas confirms Bipin Joshi's death, body to be handed over ...

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना