२०८२ असोज २६, आइतबार
१. टी-२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले आज यूएईसँग खेल्दै ।
ओमानको अल अमिरेत क्रिकेट रंगशालामा भइरहेको आइसिसी टी-२० विश्वकप एशिया तथा इस्ट एशिया
प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल आज यूएईसँग खेल्दै छ । खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ। सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ । नेपाल र यूएईले सुपर सिक्समा दुई अंक जोडेका छन् । सुपर सिक्समा स
मूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार कतारसँग खेल्ने छ। बुधबार ओमानसँग खेलेपछि सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्ने छ।
२. ‘गोली खाने र आन्दोलनमा जानेलाई निषेध गरेर विदेशी एजेन्टलाई सरकार र मिडियाले जेनजी नेता बनाएको आरोप
नयाँ र पुराना कुनै पनि राजनीतिक दलमा आबद्ध नभएका तर राजसंस्था देशको लागि हितकर छ भन्ने

सोचेर भदौ २३ को आन्दोलन आह्वान गर्ने वास्तविक जेनजी अभियानलाई बेवास्ता गरिएको भन्दै एक समूहले सचेतना अपिल जारी गरेको छ । जेन जेड अलाइन्स फर मोनार्कीका प्रवक्ता सनातन रिजालले शनिवार राष्ट्रपति,प्रधानमन्त्री,सञ्चारमाध्यम र विचार निर्माताहरूका नाममा जारी गरेको अपिलमा जेनजी आन्दोलन हाई ज्याक गर्नेहरूलाई महत्त्व नदिन भनिएको छ । वास्तविक जेनजी समूहका देशभक्त राष्ट्रवादी युवा र किशोर किशोरीहरू निषेधको व्यवहारविरुद्ध साँच्चिकै विद्रोहमा जाने अवस्था बनेको अपिलमा उल्लेख छ । सो अलाइन्सले सञ्चारमाध्यमले पनि नक्कली जेनजीहरुलाई ठाउँ दिने र सरकार तथा राष्ट्रपतिले पनि उनीहरुसँगै वार्ता गर्ने कुरा स्वीकार्य नहुने जनाएको चेतावनी समेत दिएको छ ।
३.कांग्रेसमा विशेष महाधिवेशन माग्दै ५० प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे हस्ताक्षर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हटाउन विशेष महाधिवेशन माग्दै इतर पक्षले थालेको हस्ताक्षर अभियानमा ५० प्रतिशत भन्दा धेरै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्। यद्यपि, संस्थापन पक्षले हस्ताक्षरप्रति केही प्रश्न उठाएको छ। कांग्रेसको १४ औँ महाधिवेशनमा ४७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए। त्यसमध्ये ५० प्रतिशत भन्दा धेरैले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दाबी गरे।
४. शीतल निवासमा जेनजीको चेतावनीः संस्थागत सुधार र सहिदका सपना पूरा नभएसम्म चुनावमा जान सकिँदैन
जेनजी आन्दोलनका सह–संयोजक अर्जुन शाही र आन्दोलनका प्रवक्ता टंक धामीले देशको राजनीतिक, प्रशासनिक र संस्थागत अवस्थाप्रति गम्भीर असन्तोष प्रकट गर्दै सरकारलाई कडा चेतावनी दिएका छन्। राष्ट्रपतिको कार्यालयमा बसेको प्रधानमन्त्री सुशीला कार्कीसहितको मन्त्रीहरूसँगको वार्तामा जेनजी आन्दोलनका प्रतिनिधिले यस्तो चेतावनी दिएका हुन्। वार्तामा सह–संयोजक शाहीले भने, ‘देशका संवैधानिक आयोग र सरकारी निकायहरूको संस्थागत सुधार नगरी, सहिद र घाइतेका सपना पूरा नगरी र युवाको आकांक्षा सम्बोधन नगरी यथास्थितिमा चुनावमा जान सकिँदैन।’
५. सिडिओको आदेश अवज्ञा गर्दै सामाखुशीमा राजावादीको जुलुस
आन्दोलन पछि बनेको अन्तरिम सरकारले राम्रोसँग काम गर्न नसकेपछि विभिन्न दल तथा राजाबादीहरुले आन्दोलन, जुलुस गर्न थालेका छन । यसमा हिजो काठमाण्डौको सामाखुसीमा राजाबादी समुहले जुलुस निकालेको थियो ।
६.भाद्र २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्य बनाउन नेपाली सेनाले खेलेको भूमिकाबारे विभिन्न वर्गबाट आएका राय–सुझाव र आलोचनाप्रति सेनाले आभार प्रकट गरेको छ। भाद्र २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्य बनाउन नेपाली सेनाले खेलेको भूमिकाबारे विभिन्न वर्गबाट आएका राय–सुझाव र आलोचनाप्रति सेनाले आभार प्रकट गरेको छ।
सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई ध्यानमा राख्दै छिटोभन्दा छिटो शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यले आवश्यक पहल गरेको स्पष्ट पारेको छ। यस्तै, पछिल्ला दिनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वबारे आएका टिकाटिप्पणीप्रति पनि सेनाले ध्यानाकर्षण भएको जनाएको छ। सेनाले आफ्नो धारणा र गतिविधि नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फतै सार्वजनिक हुने भएकाले त्यही आधारमा मात्र विश्वास गर्न आग्रह गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत मात्र यथार्थपरक जानकारी लिन नेपाली सेनाले आम जनसमुदायलाई हार्दिक अपिल गरेको छ।
७. प्रहरीको रिफ्रेसमेन्ट कार्यक्रम( फिल्म हेर्न गए ५० ट्राफिक, अर्को हप्ता हाइकिङ
जेनजी आन्दोलनपछि नियमित गतिमा आउन नसकेका ट्राफिक प्रहरीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले रिफ्रेसमेण्टका निम्ति शनिबार फिल्म हेर्ने व्यवस्था मिलाएको छ । त्यसअन्तर्गत तल्लो दर्जामा कार्यरत ५० ट्राफिक प्रहरीलाई सिटी सेन्टरमा प्रदर्शनरत नेपाली फिल्म माइतीघर हेर्ने व्यवस्था मिलाइएको उपत्यका ट्राफिक प्रमुख नवराज अधिकारीले बताए । अर्को हप्ता उनीहरूलाई हाइकिङको व्यवस्था मिलाइएको छ । सधैं तनाव, धपेडी र विभिन्न किसिमका दबाबमा काम गर्नुपर्ने अवस्थामा मानसिक विश्रामका निम्ति यस्तो कार्य गरिएको अधिकारीले बताए । अघिल्लो शनिबार पनि उनीहरूलाई हाइकिङमा पठाइएको थियो । आजको शनिबार एउटा टोलीलाई कार्यालय सरसफाईमा र अर्कोलाई फिल्म हेर्न पठाइएको हो । यस्ता मनोरञ्जनका गतिविधिले ट्राफिक प्रहरीलाई परेको मानसिक दबाब घटाउन निकै मद्दत पुग्ने उनले बताए ।
८.‘मालपोतका अभिलेख सबै जले, अब आफ्नो जग्गाको श्रेष्ता कायम गर्न कागजातसहित सम्पर्क गर्नुपर्ने
दौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरका मालपोत कार्यालयका महत्वपूर्ण अभिलेख जलेका छन् । कलंकी मालपोतले अभिलेखहरु जलेको भन्दै आफ्नो जग्गाको श्रेस्ता कायम गर्न विभिन्न १० प्रकारको कागजपत्र माग गर्यो थियो । आफ्नो जग्गा दाबी गर्न जग्गा धनी आफैं आउनु पर्ने भनेर उसले सूचना निकालेको छ ।
९.सङ्कटग्रस्त इलाममा पुनर्निर्माण प्राथमिकता
ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकासमन्त्री कुलमान घिसिङले इलाममा जलप्रकोपका कारण भएको क्षतिपछिको पुनर्निर्माण र पुुनस्र्थापनाका लागि सरकारले इलामलाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको बताउनुुभएको छ । बाढीपहिरोका कारण विपत्को चपेटामा परेको इलाम निरीक्षणका लागि आइपुुग्नुुभएका मन्त्री घिसिङले तिनै तहका सरकार, दातृनिकाय, निजी क्षेत्र सबैको ध्यान यहाँ केन्द्रित होस् र इलामलाई पुुरानै स्थितिमा उभ्याउन सकियोस् भनेर सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको बताउनुुभयो । मन्त्री घिसिङले मेची राजमार्गको राजदुवालीस्थित माईखोलामाथिको पहिरोग्रस्त क्षेत्रको निरीक्षणपछि तत्कालका लागि सडक सञ्चालन गराउन काम भइरहेको र यसको दीर्घकालीन उपाय खोजिने बताउनुुभयो । शनिबार मन्त्री घिसिङले इलाम नगरपालिका–१० को माईखोला टापु, मेची राजमार्गको राजदुवालीखण्ड र नेपालटार सडकको मिल गोलाइ क्षेत्रमा बाढीपहिरोले पु¥याएको क्षतिको स्थलगत निरीक्षण गर्नुभएको हो । मन्त्री घिसिङले माईखोला टापुमा बाढीपहिरो प्रभावितलाई भेटी पीडितका गुनासा सुन्नुभयो । पीडितले तत्कालको पुनस्र्थापना र दीर्घकालीन बसोबास व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्ने माग गरे । मन्त्री घिसिङले मेची राजमार्गको बन्द रहेको सडक तत्कालका लागि आइतबारसम्ममा खुलाइने र दीर्घकालीन योजना बनाएर विकल्प खोजिने बताउनुभयो । उहाँले भन्नुभयो, “मेची राजमार्ग तत्काल अस्थायी रूपमा सञ्चालन र तत्काल अध्ययन गरी मेची राजमार्गको विकल्प खोज्न सरकार लागिपर्छ ।” स्रोत गोरखापत्र दैनिक

