Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    २०८२ असोज २२, बुधबार बिहान ७ बजे सम्मका मुख्य मुख्य समाचारहरु

    October 8, 20257 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    १.बाढीपीडितलाई आवास अनुदान
    सरकारले असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ । त्यसै गरी मृतक र बेपत्ताका परिवारलाई राहत उपलब्ध गराउनुका साथै बेपत्ता भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिने निर्णय पनि भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मङ्गलबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औँ बैठकले त्यस्तो निर्णय गरेको हो । लाभग्राही पहिचान भई आएपश्चात् अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पनि निर्देशन दिइएको छ ।
    २. प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारी बिच तयारी बारे छलफल,
    हिजो दिउसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्तिथिमा आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्ने कार्यका लागि अवस्था के छ ? कसरी सम्पन्न गर्ने र त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा छलफल भएको जनाइएको छ । आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । छलफलमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र आयोगका तफर्बाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सहभागी थिए ।
    ३. नेपाल लगातार दोस्रोपटक टि–२० विश्वकप खेल्न आतुर, छनोट प्रतियोगिता आजबाट,
    टी–२० विश्वकप छनोटअघि नेपाल पूर्ण आत्मविश्वासी देखिन्छ । खासगरि बलियो टेस्ट राष्ट्रविरुद्ध गरेको प्रदर्शनले नेपालको मनोबल उच्च बनेको छ ।

    ४.महेश बस्नेतविरुद्ध प्रहरीले माग्यो पक्राउ पुर्जी, अदालतले भन्यो, ‘थप प्रमाण ल्याउनु,
    प्रहरीको केन्द्रीय साइबर ब्युरोले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई पक्राउ गर्न अदालतमा पक्राउ अनुमति मागेको छ । मंगलबार ब्यूरोका अनुसन्धान अधिकृतहरू विद्युतीय अपराध सम्बन्धी कसुरमा उनलाई पक्राउ गर्न अनुमति माग्न काठमाडौँ जिल्ला अदालतमा पुगेका थिए । तर, अदालतले ‘थप प्रमाण’ बुझेर ल्याउन भन्दै पक्राउ अनुमति दिन अस्वीकार गरेको छ ।
    ५. काठमाण्डौ जिल्ला प्रहरी कार्यालयले जेन जीको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठायो र अनेरास्ववियूको निवेदन दर्ता गर्ने नगर्ने आज सरकारी वकिलसँग छलफल गरी निर्णय गर्ने ।
    पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग लिएर जेनजीको एउटा समूह उग्र बनेपछि त्यसको प्रतिवादमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु पनि उत्रेको छ ।
    अनेरास्ववियुले जेनजी आन्दोलनका भित्री योजनाकार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र सडक प्रदर्शनमा अग्रभागमा देखिने हामी नेपालका सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी लिएर गएको छ ।
    ६. जेनजीका नाममा अराजकता, सित्तैँमा १० प्रतिशत सेयर माग्दै एक महिनादेखि भोटेकोशी जलविद्युत् बन्द ।
    जेनजी आन्दोलनका नाममा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजना एक महिनादेखि बन्द गराएको छ । भोटेकोशी गाउँपालिकाका स्थानीयबासिन्दालाई १० प्रतिशत सेयर सित्तैँमा दिनुपर्ने माग गर्दै उनीहरूले एक महिनादेखि आयोजना सञ्चालनमा अवरोध गरेका छन ।
    ७. फौजदारी कसूरमा संलग्न जोकोहीलाइ नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने — जाँचबुझ आयोग
    ८.सम्पत्ति शुद्धीकरणको महानिर्देशकमा दोहोरिए ठाकुर, राजनीतिक नेतृत्वको सम्पत्ति छानबिनमा तर कर्मचारीको सुरसार छैन ।
    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव गजेन्द्र कुमार ठाकुरले पाएका छन् । मंगलबार विभाग पुगेर हाजिर गरेसँगै उनले दोस्रोपटक विभागको जिम्मेवारी सम्हालेका हुन् । उनलाई यही असोज १२ को मन्त्रिपरिषद् बैठकले सञ्चारबाट अर्थ मन्त्रालय वा अन्तर्गत हुने गरी सरुवा गरेको थियो । ठाकुरले यसअघि २०७७ फागुन २१ गते विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । अर्थ मन्त्रालयले मंगलबार विभागको महानिर्देशकको सरुवा गरी ठाकुरलाई पठाएको हो । बहाल रहेका महानिर्देशक कृष्ण मैनालीको सरुवा गरेर सहसचिव गजेन्द्रकुमार ठाकुरलाई पठाइएको हो । आर्थिक दैनिक
    ९. जेन–जी प्रदर्शनले नेपालको अर्थतन्त्रमा धक्का, आर्थिक वृद्धि खुम्चिने विश्व बैंकको प्रक्षेपण
    १०.कोशी प्रदेश सरकारद्वारा इलाममा राहत सहयोग
    कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी तथा पहिरोबाट पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलबार राहत सामग्री त्यसतर्फ पठाएको मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिए । स्थलमार्गबाट राहत पठाउन नसकिएपछि हेलिकोप्टरमार्फत उक्त सामग्री पठाएको हो । प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्री, कम्बल, त्रिपाललगायत सामग्री इलाम पठाएको मन्त्रालयको विपद् व्यवस्थापन शाखाका अधिकृत सदानन्द भट्टराईले जानकारी दिए । प्रदेश सरकारले यही असोज १७ र १८ गते आएको बाढी र पहिरोका कारण विस्थापित भएकाको उद्धारकार्य पछि राहत सामग्री पठाएको हो । बाढी र पहिरोका कारण इलामको सूर्याेदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका , माङ्सेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो ।
    ११. भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ..तीन अमेरिकी जोन क्लार्क, मिसेल एच डेभोरेट र जोन एम मार्टिनिस वैज्ञानिकलाई
    क्वान्टम मेकानिक्ससम्बन्धी अनुसन्धानका लागि तीन जना अमेरिकी वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा प्रदान गरिने भएको छ । ‘म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनलिङ र विद्युतीय सर्किटमा ऊर्जा क्वान्टाइजेसन’ हुन्छ भन्ने तथ्य पत्ता लगाएकाले जोन क्लार्क, मिसेल एच डेभोरेट र जोन एम मार्टिनिसलाई उक्त पुरस्कार दिन लागिएको नोबेल समितिले जनाएको छ । बिबिसीका अनुसार सन् १९०१ देखि भौतिकशास्त्रतर्फ अहिलेसम्म ११९ पटक गरी कुल २२९ जनालाई नोबेल पुरस्कार दिइएको छ । भौतिकशास्त्रतर्फको पुरस्कार स्टकहोमस्थित रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले प्रदान गर्छ । विजेताले संयुक्त रूपमा १.१ करोड स्विडिस क्रोनर नगद पुरस्कार र पदक पाउने छन् । क्लार्क बक्र्लीस्थित युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभोरेट येल युनिभर्सटी अनि सान्टा बार्बरास्थित युनिभर्सिटी अफ क्यालिफोर्निया र मार्टिनिस सान्टा बार्बरास्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा कार्यरत हुनुहुन्छ ।
    क्लार्कको जन्म सन् १९४२ मा बेलायतको केम्ब्रिजमा, डेभोरेटको जन्म सन् १९५२ मा फ्रान्सको पेरिसमा र मार्टिनिसको जन्म सन् १९५८ मा अमेरिकाको क्यालिफोर्नियामा भएको थियो ।उहाँहरूले सन् १९८४ र १९८५ मा सुपरकन्डक्टरबाट निर्मित विद्युतीय सर्किटमा शृङ्खलाबद्ध प्रयोग गर्नुभएको थियो । त्यसकै आधारमा उहाँहरूले नयाँ तथ्य पत्ता लगाउनुभएको हो । नोबेल समितिका अनुसार हामीले प्रयोग गर्ने क्वान्टम प्रविधिको एउटा उदाहरण कम्प्युटरका माइक्रोचिपमा हुने ट्रान्जिस्टर हो । यो वर्ष भौतिकशास्त्रको नोबेल पुरस्कारले क्वान्टम क्रिप्टोग्र्याफी, क्वान्टम कम्प्युटर र क्वान्टम सेन्सरसहित अझ उन्नत क्वान्टम प्रविधि विकास गर्ने अवसर प्रदान गरेको छ । यसअघि नोबेल पुरस्कार समितिले सोमबार चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणा गरेको थियो । सो विधामा यो वर्ष मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र सिमोन साकागुचीले प्रतिरोध प्रणालीसम्बन्धी खोज तथा अनुसन्धानका लागि उक्त पुरस्कार पाउनुहुने भएको छ । नोबेल पुरस्कार समितिका अनुसार बुधबार रसायनशास्त्र, बिहीबार साहित्य, शुक्रबार शान्ति अनि आउँदो सोमबार अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुने छ । स्रोत गोरखापत्र दैनिक

    १२. युएईको भिजिट भिसामा नयाँ नियम
    संयुक्त अरब इमिरेट्स (युएई) ले आप्रवासीलाई भ्रमण भिसासम्बन्धी नयाँ नियम लागु गरेको छ । नयाँ नियम अनुसार युएईमा भ्रमण भिसामा जान चाहने परिवार, आफन्त वा साथीलाई प्रायोजन (स्पोन्सर) गर्न स्पोन्सरको आम्दानीको स्रोत मासिक चार हजारदेखि १५ हजार दिरामसम्म हुनुपर्ने प्रावधान लागु गरेको हो । नयाँ प्रावधान अनुसार युएई भ्रमणका लागि आफन्तलाई स्पोन्सर गर्नुअघि स्पोन्सरको आम्दानी स्पष्ट हुनुपर्ने छ र न्यूनतम तलब पूरा गर्न सक्नेले मात्रै आफन्त वा साथीलाई भ्रमण भिसामार्फत युएई लैजान सक्ने छन् । नयाँ नियम अनुसार विभिन्न चार तह निर्धारण गरिएको छ । जसमा पहिलो तहमा पर्ने बुबाआमा, श्रीमान्÷श्रीमती, छोराछोरीलाई भ्रमण भिसामार्फत युएई लैजानका लागि मासिक न्यूनतम चार हजार युएई दिराम मासिक तलब हुनुपर्ने उल्लेख छ । यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नातिनातिनीलाई भ्रमण भिसामा लैजानका लागि मासिक आठ हजार दिराम तलब हुनुपर्ने छ । तेस्रो तहमा पर्ने काकाकाकी, मामा, फुपू कजिनलाई भ्रमण भिसामा लैजानेका लागि मासिक आठ हजार दिराम न्यूनतम तलब हुनुपर्ने छ । युएईले नातेदारबाहेकका साथीभाईलाई भ्रमण भिसामा लैजान सकिने तर यसका लागि स्पोन्सरको तलब मासिक १५ हजार दिराम हुनुपर्ने उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले युएईको भ्रमण भिसामा पारदर्शिता कायम गर्न नयाँ नियम लागु गरेको हुन सक्ने बताउनुभयो । उहाँले युएई सरकारको पछिल्लो भ्रमण भिसा परिवर्तनसम्बन्धी नयाँ व्यवस्थाका कारण त्यहाँ रहेका नेपालीलाई पर्ने असरबारे भने युएईस्थित नेपाली दूतावासमार्फत बुझ्ने काम भएको जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, “युएईको नयाँ नियमले युएईमा रहेका हाम्रा नागरिकलाई केकस्तो असर गर्छ भन्ने विषयमा यथार्थ विवरण दुई दिनभित्र परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराउन युएईमा रहेको दूतावासलाई पत्राचार गरेका छौँ ।”
    युएईको सङ्घीय प्राधिकरण (आइसिपी) ले पहिचान र नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाका लागि आय अनिवार्य गरेको हो । नयाँ नियम अनुसार भ्रमण भिसा आवेदन दिँदा नाता प्रमाणित कागजात पेस गर्नुपर्ने छ । आवेदकले कम्तीमा छ महिना म्याद रहेको राहदानी तथा फिर्ती यात्रा टिकट पेस गर्नुपर्ने छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना