१. निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत,
मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको समय
२. तत्कालीन प्रधानमन्त्री र गृह मन्त्रीलाई पक्राउ गर्न दबाव तर सरकार भने अन्यौलमा
तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न दबाब बढ्दै अन्योलमा सरकार शीर्षकमा समाचार छापिएको आन्दोलनमा भएको दमनलाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब बढेपछि निकायका प्रमुख सहितको बैठक बसेको छ प्रधानमन्त्री सुशिला कार्कीले गृहमन्त्री एवं प्रकाश अर्याल प्रधान सेनापति अशोक र सचिव रामेश्वर खनाल नेपाल प्रहरीका प्रमुख चन्द्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की संग उत्पन्न परिस्थिति बारे छलफल गर्नुभएको हो । जेन जी नेतृत्वहरुका नयाँ नयाँ मागहरु आइरहेको हुनाले सरकार अलमलमा परेको छ ।
३. कांग्रेसको विषेश महाधिवेसन अगाडी नै हस्ताक्षर बुझाउने तयारी
४. जेन्जी प्रदर्शनमा ३४ प्रतिसत नक्कली खाता
इजरायलको साइबर कम्पनी सायाब्राले नेपालमा भदौ २३ र २४ गते भएको जेनजी विद्रोहमा ३४ प्रतिशत अनलाइन संवाद नक्कली एकाउन्टबाट फैलिएको निष्कर्ष निकालेको छ।नेपालको जेन्जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका शीर्षकमा आजको नागरिक दैनिकमा मुख्य खबर छापिएको छ। नेपालमा भदौ २३ र २४ गते भएको आन्दोलनमा करिब ३४प्रतिशत नक्कली सामाजिक सञ्जाल खाता प्रयोग भएको एक अनुसन्धान सायाब्राले बताएको छ । जसको कारणले आन्दोलनमा नक्कली प्रयोगकर्ताहरुको भूमिका रहेको सो अनुसन्धान प्रतिवेदनमा भनिएको छ भदौ २३ र २४ मा भएको प्रदर्शनका लागि सामाजिक सञ्जालमा आह्वान गर्ने हरेक तीन प्रयोगकर्तामध्ये एक नक्कली खाता रहेको पाइएको सूचनाको विश्लेषणमा विशेषज्ञता राख्दछ त्यसले नक्कली प्रोफाइलहरु सक्कली प्रयोगकर्तासँग यति सहज ढंगले र नक्कली हेरफेर गरिएको गतिविधि गरेको पाइएको छ ।
५. विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक बस्न लागेको छ ।
६. जेनजी आन्दोलका क्रममा भागेका ५७ सय कैदी बन्दी अझै फरार ।
जेन जेड प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधार गृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेन जेड प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधार गृहबाट ९६४ बाल बन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए ।
त्यसमध्ये आज अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बाल बन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बाल बन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन् ।
गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन अल्टिमेटम दिएको थियो । ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत सुरक्षाकर्मीले फरार कैदीलाई नियन्त्रणमा लिँदै सम्बन्धित कारागारमा बुझाइरहेका छन् ।
७. सात सहसचिवको सरुवाः काठमाडौंका तत्कालिन सीडीओ सामान्य प्रशासन मन्त्रालको अतिरिक्त समूहमा
सरुवा सूची अनुसार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका —-रुद्रसिंह तामाङको ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय,
ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख —-शम्भुप्रसाद मरासिनीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय,
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सञ्चार महाशाखा प्रमुख —-गजेन्द्र ठाकुरको अर्थ मन्त्रालय,
राष्ट्रिय योजना आयोगका अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख —–जीवलाल भुसालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा रहेका—- छवीन्द्र पराजुलीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,
काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी —-छविलाल रिजालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहमा
तत्कालिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थका प्रमुख अध्यागमन प्रमुख तीर्थराज भट्टराईको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ ।
८. सुदन गुरुङको टीमले धम्क्याएपछि काठमाडौं प्रहरी परिसरले आफ्ना बिटबाट प्रहरीहरू वृत्तमा बोलाएका छन ।
सुदन गुरुङको टीमले धम्क्याएपछि काठमाडौं प्रहरी परिसरले आफ्ना सबै वृत्तलाई हाइ अलर्टमा राखेको छ । साथै, सम्पूर्ण बिटबाट प्रहरीहरू वृत्तमा तानिएका छन् । हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङसहितको टोली पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न भद्रकाली पुगेको थियो । जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गर्यो । त्यसपछि ‘सडकबाटै देखाइदिन्छौ’ भन्दै गुरुङको टिम धम्क्याएर हिँडेको थियो । असुरक्षित बनेपछि प्रहरीले सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई वृत्तमा तानेको हो । काठमाडौं उपत्यका प्रहरीको ‘भिक्टर कन्ट्रोल’ कल साइनबाट बेलुकी साढे ७ पछि बिटका प्रहरी रिजर्भ फोर्सका लागि फिर्ताको आदेश भएको छ । काठमाडौं उपत्यकामा ६० वटा युनिट छन् ।

