मधेश प्रदेशमा दशै लगत्तै नयाँ सरकार बन्ने ।
२०८२ असोज १७, शुक्रबार ।
मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ । जनमत नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनका लागि गठबन्धनका विभिन्न विकल्पमा छलफल भइरहेको छ । एउटा मात्र दलको सरकार बन्ने सम्भावना नरहेकाले कांग्रेस–एमालेसहित र कांग्रेस–एमाले इतरको गठबन्धनको प्रयास भइरहेको नेताहरु बताउँछन् । नेपाली कांग्रेस र नेकपा एमाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मनाएर सरकार बनाउने कसरतमा छन् ।
मधेश प्रदेश प्रदेश सभामा जम्मा १०७ सदस्यहरु रहेका छन जसमध्ये सरकार बनाउन ५४ जना सांसद आवश्यक पर्छ ।
१.नेकपा (एमाले)का २५, जना
२.नेपाली कांग्रेसका, २२ जना
३.जनता समाजवादी पार्टी, (नेपालका) १९ जना,
४.जनमत पार्टीका, १३ जना
५. लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९ जना
६. माओवादी केन्द्रका ९ जना
७. नेकपा एकीकृत समाजवादीका ७ जना
८. नेपाल संघीय समाजवादी पार्टी, १ जना
९.नागरिक उन्मुक्ति पार्टी (नाउपा), १ जना
१०.राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ जना गरेर जम्मा १०७ जना छन ।
सम्भावना
१. कांग्रेस–एमाले सहित कुनै (जनता समाजवादी पार्टी, (नेपालका) १९ जना, जनमत पार्टीका, १३ जना, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९ जना, माओवादी केन्द्रका ९ जना, नेकपा एकीकृत समाजवादीका ७ जना ) कुनै एक पाटी
२. सम्भावना एक नभएमा नेपाली कांग्रेस वा नेकपा (एमाले) मध्ये कुनै एक पाटी जसले ५७ सदस्य पुर्याउन सक्छ उसले
३. कांग्रेस–एमाले बाहेक पनि सरकार बन्नको लागि कसरत भै रहेको छ ।

