२०८२ असोज १२ असोज १२, आइतबार ।
१.आज दशैको छैटौ दिन
२.अजयभद्र खनाललाई प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार र गोविन्दनारायण तिमल्सिनालाई जनसम्पर्क सल्लाहकारमा नियुक्त,
्३.कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको आठौं बैठकमा ऊर्जामन्त्री घिसिङ सहभागी हुने,
४.जेनजी वार्ता टोलीले भन्यो यो संविधान मान्दैनौं, अन्तरिम संविधान चाहिन्छ,
५.दल दर्ताका लागि हर्क साम्पाङले दिए आयोगमा निवेदन,
६. जेन जी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सरकारलाई सिफारिस,
७. कांग्रेसले यसवर्ष चियापान कार्यक्रम नगर्ने,
८.रास्वपा संस्थापनलाई तोसिमाको चुनौती बुलिङ र मिडिया ट्रायल नगर, हिम्मत भए विशेष महाधिवेशन गर
९. मधेश प्रदेशमा दसैँपछि मात्रै नयाँ सरकार,
१०. आन्दोलनका घाइतेहरुलाई आजदेखि परिचयपत्र वितरण शुरु ११. वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित, युनिटी कप टी २०आई शृंखलामा


