२०८२ असोज ०६, सोमबार ।
प्रधानमन्त्री सुशीला कार्कीले आज दिउसो २ बजे मन्त्रीपरिषद विस्तार गर्ने भएकी छन । उनले हिजो ५ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोही अनुसार नियुक्तिको तयारी गरिएपनि पठाइएका नाममा अहिले ‘होल्ड’ मा राख्न भनिएको राष्ट्रपतिको सचिवालयका एक सदस्यले बताए । यद्यपि शीतल निवासले प्रधानमन्त्रीको सचिवालयलाई शपथका लागि २ बजेको समय दिएको छ । स्वास्थ्य मन्त्रालयकी सचिव संगीता मिश्रा, आविश्कार वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्वन्यायाधीश अनिल सिन्हा र तत्कालीन राज्य पुनःसंरचना समितिका संयोजक मदन परियारको नाम मन्त्रीका लागि हिजै सिफारिस गरिएको बताइएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डा. संगीता कौशल मिश्राविरूद्ध छानबिन गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्की स्वास्थ्य मन्त्रीमा होल्ड गर्ने वा अर्को व्याक्तीलाई पठाउने भन्नेमा छलफल भइरहेका स्रोतले जनाएको छ। कार्कीलाई सरकारमा जेनजी आन्दोलनकारीको प्रतिनिधित्वका लागि दबाब छ ।
प्रधानमन्त्री सुशीला कार्की ज्यूको मन्त्री परिषद
१. प्रधानमन्त्री —सुशीला कार्की
२. गृहमन्त्री— ओमप्रकास अर्याल
३. अर्थमन्त्री— रामेश्वर खनाल
प्रस्तावित
४. स्वास्थ्य मन्त्री— डा. संगीता मिश्रा,
५. शिक्षा मन्त्री —महावीर पुन,
६. सञ्चार मन्त्री—जगदीश खरेल,
७. कानुन, उद्योग वाणिज्य र भूमिसुधार— अनिल सिन्हा र
८. कृषि— मदन परियार ।


