२०८२ असोज ०२ ।
जेनजी आन्दोलनका कारण शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा भदौ २४ गतेदेखि बस्दै आएका नेकपा (एमाले) का अध्यक्ष ओली बिहीबार बाहिर निस्किएका छन।
ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएका कारण उनका लागि सूर्यविनायकको गुण्डुमा एक घर बहालमा लिइएको अर्का एक नेताले बताए । एमाले नेता महेश बस्नेतले उक्त घर व्यवस्थापन गरेका हुन् ।

