२०८२ भाद्र ३०, सोमबार ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस गर्नुभएको छ । अर्थमन्त्रीमा पूर्व अर्थ सचिव अर्थविज्ञ डा रामेश्वर खनाल नियुक्त हुँदै छन् भने उर्जा, भौतिक पुर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा कानुन मन्त्रीमा ओम प्रकाश अर्यालको नाम राष्ट्रपति निवासमा पुगेको स्रोतले बताएको छ।
अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका छन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक थिए । प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद् विस्तारका सन्दर्भमा जेनजी अभियन्तासहित सरोकारवालासँग संवाद जारी राख्नुभएको छ । उहाँले आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेपछि मन्त्रीपरिषद् गठनका सन्दर्भमा संवाद अघि बढाउनुभएको थियो ।

