२०८२ भाद्र २७, शुक्रबार ।
शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठन गर्ने सन्दर्भमा केही दिनदेखि छलफललाई तीब्रता दिइरहेका थिए त्यसको फलस्वरुप आज साँझ बसेको छलफलमा सहमती जुटेको हो। पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री । उनले आज साँझ ८:४५ बजे शपथ लिने तय भएको छ।
जेन जी प्रतिनिधि र राष्ट्रपतिबीच शुक्रबार साँझ भएको सहमतिमासंकटकाल घोषणा गर्ने र संसद विघटन गरेसँगै सुशीला कार्कीलाइ कामचलाउ प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएको हो। प्रथम महिला प्रधानन्यायाधिशको रेकर्ड कायम बनाइसकेकी कार्कीले नेपालको इतिहासमा पहिलो प्रथम महिला प्रधानमन्त्रीको समेत रेकर्ड दर्ज गर्ने भएकी छिन् ।
यसैबीच शुरूमा तीन सदस्यीय मन्त्री मण्डल गठन गर्ने जानकारी प्राप्त भएको छ। नयाँ बन्ने मन्त्रीमण्डलमा कुलमान घिसिङ र ओमप्रकाश अर्याललाइ समेत मन्त्रीको जिम्मेवारी दिने बताइएको छ।


